शर्लिनविरुद्ध राज कुन्द्राले हाले मुद्दा

एजेन्सी – बलिउड अभिनेत्री शिल्पा सेट्टी र उनका पति राज कुन्द्राले शर्लिन चोपडाविरुद्ध मुद्दा दायर गरेका छन् । उनीहरुले शर्लिनविरुद्ध मानहानीको मुद्दा हालेका हुन् ।

यसअघि पोर्नोग्राफी फिल्म बनाएको आरोपमा राज कुन्द्रा पक्राउ परेपछि शर्लिनले राजले आफूमाथि बारम्बार जबरदस्ती गरेको आरोप लगाएकी थिइन् ।

शिल्पाविरुद्ध पनि शर्लिनले बारम्बार आफ्ना कुराहरु राखेकी थिइन् । अनि यी दुईविरुद्ध शर्लिनले नयाँ मुद्दा पनि हालेकी थिइन् ।यसको जवाफमा राज र शिल्पाले अब शर्लिनविरुद्ध पनि मुद्दा हाल्न लागेका हुन् ।राज र शिल्पाले चाहिँ शर्लिनले लगाएका सबै आरोप झुटा र मनगढन्ते भएको बताएका छन् ।