‘गोरखा’को पोस्टर अक्षय कुमार

 

एजेन्सी- बलिउड नायक अक्षय कुमार ती कलाकारमा गनिन्छन् जो ब्याक टु ब्याक सुटिङमा व्यस्त हुन्छन् । अक्षयका केही फिल्म रिलिजको तयारीमा छन् । कोरोना महामारीले गर्दा फिल्महल राम्रोसँग नखुलेका कारण उनको फिल्म दर्शकको पर्खाइमा रहेका छन् । अक्षयले आफ्नो आगामी फिल्म ‘गोरखा’को पोस्टर रिलिज गरेका छन् । अक्षयकुमारले ‘गोरखा’को फस्र्ट लुक सार्वजनिक गर्दै यसमा जोडिन पाएको खुसी व्यक्त गरेका छन् । फस्र्ट लुकमा खुकुरी बोकेका एक जंगी सैनिकको रुपमा उनलाई देख्न सकिन्छ ।

यस फिल्मले गोरखाको नभई भारतिय सेनका मेजर जनरल इयान कार्डोजोको गुणगान गाउनेछ । उनी भारतिय सेनाका गारखा रेजिमेन्ट (पाँचौ गोरखा राइफल्स)बाट युद्ध लडेका थिए । उनले सन् १९६२, १९६५ को युद्ध र खासगरी सन् १९७१ को भारत–पाकिस्तान युद्ध लडेका थिए । युद्धको क्रममा उनको एउटा खुट्टा क्षतविक्षत भएको थियो । त्यसको तत्काल उपचार संभव नहुँदा उनले आफ्नै खुट्टा काटेर अलग गरेका थिए । यो फिल्म सञ्जय पूरन सिंह चौहानले निर्देशन गर्नेछन् । उनी भारतका राष्ट्रिय पुरस्कार विजेता निर्देशक हुन् । उनले यसअघि ‘चन्दा मामा दूर के’, ‘लाहौर’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् । ‘गोरखा’ भन्ने वित्तिकै नेपाली गोर्खा सैनिक जोडिन्छन् । यस फिल्ममा भारतको गोर्खा रेजिमेन्टमा रहेका नेपालीको वहादुरीलाई पनि समेटिएको छ ।  फिल्मको पोस्टरमा अक्षय कुमारको हातमा नेपालीको शान खुकुरी देखाइएको छ ।