आँचल-उदिप दुबईमा

काठमाडौं- नायिका आँचल शर्मा र उनका श्रीमान उदित श्रेष्ठ दशैं बिदा मनाउन विदेशतिर लागेका छन् । उनीहरू यतिबेला दुबईमा रमाइरहेका छन् । दुबई स्थित बुर्ज खलिफा क्षेत्रमा तस्बिर खिचाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

तस्बिर सार्वजनिक गर्दै आँचलले ‘मेरो मन पर्ने ठाउँ’ भन्दै क्याप्सन लेखेकी छिन् । पछिल्लो समय म्यूजिक भिडियोमा समेत व्यस्त रहँदै आएकी आँचलले डा. श्रेष्ठसँग २०७६ को चैतमा विवाह गरेकी थिइन् ।