भुवनको आक्रोश : ‘राजीनामा दिने परिस्थिती आउँछ भने दिन तयार रहनुहोस’

काठमाडौं- नायक भुवन केसीले यसअघि आफ्नो विवाद सिनेमा हल र वितरकसँग भएपनि अहिले आफू हलको समर्थनमा रहेको बताएका छन् । केसीले आफू सिनेमा हलको पक्षमा रहेको पनि बताएका छन् । सिनेमा हल र वितरकसँग आफ्नो विवाद रहे पनि अहिले हलको समर्थनमा रहेको बताएका हुन् । पहिलो प्राथमिकतामा कुन फिल्मभन्दा पनि हल पर्नुपर्ने उनको धारणा थियो । चलचित्र विकास बोर्डमा आयोजना भएको एक कार्यक्रममा केसीले भने, ‘हलले नेपाली चलचित्रलाई अलि बढी पेल्यो, विदेशी चलचित्रलाई प्राथमिकतामा राख्यो भन्ने लडाइँ अझै पनि जारी छ । तर, अहिले म हलको पक्षमा छु । जब सिनेमा हल नै रहेन भने न हामी कलाकार रहन्छौं न हाम्रो कलाकारिता बाँकी रहन्छ ।’

केसीले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई चलचित्र क्षेत्र चलायमान बनाउन गर्नुपर्ने हर कोसिस गर्न आग्रह गरे । उनले भने, ‘बरु, राजीनामा दिने परिस्थिती आउँछ भने दिन तयार रहनुहोस । तर चलचित्र उद्योग चलायमान बनाउन गर्नुपर्ने हर कोसिस गर्नुहोस् ।’

नेपाल सरकारले चलचित्र उद्योगलाई प्राथमिकतामा नपारेकोप्रति केसीले गुनासो गरे । उनले भने–‘नेपाली चलचित्र उद्योग, नेपाल राष्ट्रको उद्योग हो । संसारभरी हरेक देशमा आफ्नो चलचित्र उद्योगलाई सरकारले पहिलो प्राथमिकतामा राख्छ । तर, हाम्रो उद्योग किन तेस्रो, चौथो प्राथमिकतामा परिरहेको छ ?’ तर, हाम्रो उद्योग किन तेस्रोरचौथो प्राथमिकतामा पर्छ रु’ उनले अगाडि प्रश्न गरे, ‘सरकारको पहिलो प्राथमिकतामा नेपाली कला, नेपाली संस्कृति, नेपाली दर्शक, नेपाली सिनेमा, नेपाली भाषा हुनुपर्छ होइन र ?’ केसीले राज्यसँग भुवनको आक्रोश समेत पोखेका छन् ।