‘रामायण’का ‘रावण’ अरविन्दको निधन

काठमाडौँ-  भारतीय चर्चित टेलिभिजन सिरियल रमानन्द सागरको रामायणमा ‘रावण’को अभिनयमार्फत् लोकप्रिय बनका कलाकार अरबिन्द त्रिवेदीको निधन भएको छ ।  उनको ८२ वर्षको उमेरमा हृदयाघातका कारण गए राति निधन भएको हो । उनको आजै मुम्बई स्थित  दहानुकरवाडी आर्यघाटमा अन्त्येष्टि हुने बताइएको छ । रामायणमा ‘राम’को भूमिकामा देखिएका कलामार अरुण गोविलले त्रिवेदीकाे निधनले समग्र मानव समुदायले एक असल मानिस गुमाएको उल्लेख गरेका छन् । रामायणको मुख्य पात्रका रूपमा अभिनय गरेका कलाकार त्रिवेदीले अन्य थुप्रै धारावाहिक शृङ्खलामा अभिनय गरेका थिए ।

जसमध्ये ‘विक्रम और बेताल’मा उनले अभिनयको भव्य तारिफ भएको थियो । उत्तर प्रदेशको उज्जैन सहरमा जन्मिएका कलाकार त्रिवेदीले आफ्नो करियरको सुरुवात भने गुजराती रङ्गमञ्चबाट गरेका थिए । हिन्दी भाषाको पपुलर धार्मिक सिरियल ‘रामायण’बाट घर घरमा परिचय बनाएका अरविन्देले ३०० भन्दा धेरै हिन्दी र गुजराती चलचित्रमा अभिनय गरेका छ । अरविन्दको निधनमा बलिउडका कलाकार, टेलिभिजनका कलाकारहरुले दुःख व्यक्त गरेका छन् ।