बुबा साहरुख खानसँग ‘पठान’ सुटिङमा भएका आर्यन यस कारण परे ड्रग्स फन्दामा…
एजेन्सी- बलिउडका बादशाह शाहरुख खानका छोरा आर्यन खानलाई मध्यरातमा मुम्बइको एक क्रुज पार्टीबाट एनसीबीले पक्राउ गर्यो । आर्यनलाई शनिबार साँझ मुम्बईबाट गोवा जाँदै गर्दा पक्राउ गरेर हिरासतमा लिएको थियो । उनीहरूसँग ठुलो मात्रामा लागुऔषध रहेको र प्रहरीले बरामद समेत गरेको छ‚ जसको मूल्य करोडौँ रहेको भारतीय सञ्चार माध्यममा उल्लेख छ । रतीय मिडियाका अनुसार, आर्यन यो पार्टीमा सहभागी हुने मुडमा थिएनन् । उनी, आफ्ना पिता साहरुख खानसँग ‘पठान’ नामक चलचित्रको सुटिङमा व्यस्त थिए । तर, आफ्ना एक नजिकका साथीले आग्रह गरेपछि आर्यन क्रुजमा पुगेका थिए ।
क्रुजमा सहभागी अन्य मानिसहरुलाई मेडिकल परिक्षण नै नगरी क्लिन चिट दिइएको तर आर्यनसहित ३ जनालाई मात्र कारवाही प्रक्रिया अगाडि बढाइएपछि एनसीबीको कारवाहीमा नै धेरैले आपत्ती जनाएका छन् । सामाजिक संजालमा अहिले यो बिषयमा चर्को बहस भैरहेको छ । आर्यनका वकिल सतिश मानसिन्देले अदालतमा बयान दिने क्रममा आयोजकको निमन्त्रणामा आर्यन क्रुजमा पुगेको बताएका छन् । उनले, आर्यनको साथमा क्रुजको टिकट पनि नभएको र उनको साथबाट केही पनि बरामद नभएको उल्लेख गरेका छन् ।
एनसीबीका कर्मचारीले आर्यनको मोबाइल फोन समेत जाँच गरेका छन् । उनको मोबाइलबाट पनि केही नभेटिएको मानसिन्देको दाबी छ । यसैले, एनसीबीले आर्यनसहित अन्य ३ जनालाई मात्र किन पक्राउ गर्यो भन्ने बिषयमा अहिले प्रश्न उठ्न थालेको छ । मिडिया दाबी अनुसार, आर्यनले आफू क्रुजमा जान लागेको जानकारी आफ्ना एक नजिकका साथीलाई मात्र दिएका थिए । एनसीबीलाई आर्यन र अरबाज मर्चेन्ट कतै पार्टीमा रमाइरहेको खबर पहिले नै थाहा भएको समेत मिडियाको दाबी छ ।
मिडियाका अनुसार, क्रुजमा आर्यनको नाममा कुनै पनि कोठा बुक गरिएको थिएन । तर, आर्यन र अरबाज मर्चेन्टका लागि फरक–फरक कम्प्लिमेन्ट्री कोठा बनाइएको थियो । जब, आर्यन उक्त कोठामा जाँदै थिए, एनसीबीका अधिकारीले उनलाई भित्र प्रवेश गर्न दिएनन् ।
अधिकारीहरुले क्रुजमै आर्यन र अरबाजको तलासी लिएका थिए । आर्यनको साथबाट केही पनि नपाइएको मिडियामा उल्लेख छ । अरबाजको जुत्तामा भने चरसको पाउडर मिलेको थियो । एनसीबीका अधिकारीहरुले भारतीय मिडियालाई दिएको बयानमा आर्यन र अरबाज लगातार ड्रग तस्करहरुको सम्पर्कमा थिए । आर्यनले आफू पार्टीमा जान लागेको जानकारी आफ्नो परिवारलाई दिएका थिएनन् । गिरफ्तारीमा परेपछि आर्यनले सबैभन्दा पहिले पिता साहरुख खानका म्यानेजरलाई फोन गरेका थिए ।
प्रतिक्रिया