फिल्म ‘छोरी’को ट्रेलर सार्वजनिक

काठमाडौँ- बुढेसकालका बाबु र विदेशमा रहेकी छोरीले एक्लाएक्लै चाडपर्व मनाउनुपर्दाको पीडाको कथाकामा निर्माण गरिएको सर्ट फिल्म ‘छोरी’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म निर्माता सुवासप्रसाद पाण्डे र नवराज भण्डारीको कार्यकारी निर्माता रहेको यस फिल्ममा वसन्त पोखरेलको लेखन र निर्देशन छ । १५ मिनेटको समय अवधिमा फिल्मको कथा सकिएको छ । फिल्ममा वसन्तसँगै, सरिता भुजेल, अजय पन्त र सुरेन्द्र थापालगायत कलाकारको अभिनय छ । फिल्मको प्रस्तुकर्ता सुरेन्द्र थापा हुन् ।

फिल्ममा ग्राफिक्स र सम्पादन गौतमराज खड्काको रहेको छ । छायांकन ज्ञानु राईले गरेकी छिन् । फिल्म मनोजराज बाहकको ध्वनि, र सौगात बस्नेतको मुख्य सहायक निर्देशनमा बनेको हो । यस सर्ट फिल्ममा श्रृंगार भने मिनाक्षी भट्टराईले गरेकी हुन् ।