निता र हरिहर भन्छन् – एकअर्का विना रहन नसक्ने भएपछि विवाह गर्छों !

काठमाडौं –ज्योतिष तथा कलाकार हरिहर अधिकारी र अभिनेत्री निता ढुङगनाको जय नीलकण्ठ बोलको गीत रिलिज कार्यक्रममा पत्रकारहरूको जवाफ दिदैं निताले भनेकी छन् हरिहरलाई निता र नितालाई हरिहर नभई नहुने भएपछि मात्र हामी विवाहको कुरालाई अगाडी बढाउँछौँ भनेकी छन् ।
उनले सोही बोलेको कुरालाई घुमाएर विवाहको बारेमा भगवानले जुराउने हुनाले हामीले चाहेर मात्र विवाह हुन नसक्ने बताएकी छन् । हरिहर र निता प्रेममा रहेको चर्चा परिचर्चा भने चलिरहेको छ तर एक अर्कासङ प्रेममा रहेको कुरा भने यी दुबैजनाले स्वकार गरेका छ्रैनन् । केही समय अगाडी निताको जन्म दिनमा हरिहर अधिकारीले औँठी उपहार दिएका थिए । हरेक भिडियो अन्तरवार्तामा प्रेमको विषय आउँदा निता र हरिहर कामको लागी मात्र साथी भएको आफूहरू प्रेममा नभएको बताउँछन् ।