‘चोर र पुलिस’को टिजर सार्वजनिक,फिल्म कहिले ?

काठमाडौँ- फिल्म ‘चोर र पुलिस’को टिजर सार्वजनिक भएको छ । कार्तिक १७ गतेदेखि देशभरका हलमा प्रदर्शन हुन लागेको चलचित्रमा आर एल मोक्तानको निर्देशन छ । फिल्ममा धिरेन शाक्य, राजेन्द्र खड्की, बुद्धि तामाङ, जयनन्द लामा, जयकिशन बस्नेत, रवि गिरी, शोभित बस्नेत, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, जाहान्वी बस्नेत, कविता राय, सुलेमान शङ्कर इकु, अर्जुन गुरुङ, सुभाष गजुरेल, शारदा गिरी, रश्मि भट्ट, रेसम फिरिरि, मदन ताम्राकार, आरएल लामा, सुशान्त राई (भाले डन) लगायतले अभिनय गरेका छन् ।