पुजा र पुष्पको ‘सरर’

काठमाडौं- गायिका रानी शाक्यले ‘सरर’ बोलको गीत सार्वजनिक गरेकी छिन् । राजेश शाक्यको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत छ । यो गीतको भिडियोमा नायिका पुजा शर्मा र नायक पुष्प खड्काले अभिनय गरेका छन् । पुष्प र पुजाको म्युजिक भिडियोमा यो पहिलो सहकार्य पनि हो । ज्ञानेन्द्र शर्माको छायांकन, विजयराज भुर्तेलको सम्पादन रहेको गीतमा देव धिमालको निर्देशन छ ।