अनाथ बालबालिका सहयोगार्थ कन्सर्टमा ‘भिटेन’
काठमाडौ- विजया दशमीको अवसर पारेर असोज २३ गते दाङको तुलसीपुर अरनिको मैदानमा अनाथ बालबालिका सहयोगार्थ एक दिने लाइभ कन्सर्ट आयोजना हुने भएको छ । कार्यक्रममा केन्द्रीय स्तरका ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति रहने छ । दाङमा रहेका अनाथ बालबालिकालाई सहयोग गर्ने उद्देश्यका साथ विजया दशमीको छेको पारेर एक दिने कन्सर्टको आयोजन गर्न लागिएको हो ।
र्यापर समीर घिसिङ ‘भिटेन’ पनि तुलसीपुरमा पहिलो पटक प्रस्तुतिका लागि जाने भएका छन् । यस्तै गायिका मिलन नेवारसमेत जानेछिन् । व्यवस्थापक प्रकाश घर्तीमगरकाअनुसार कार्यक्रममा गायक प्रताप दास, गायिका तथा मोडल सिर्जु अधिकारी, मोडल विजय पुन, मोडल रिया श्रेष्ठलगायत कलाकारको प्रस्तुति रहनेछ ।
प्रतिक्रिया