चर्चित अमेरिकी पप गायिका ब्रिट्नी आफ्ना पिताबाट मुक्त
एजेन्सी- चर्चित अमेरिकी पप गायिका ब्रिट्नी स्पेयर्स लामो समयपछि आफ्ना पिता जेमी स्पेयर्सको बन्धनबाट मुक्त भएकी छिन् । लामो समयदेखि पिताको बन्धनमा रहेकी स्पेयर्स अब बल्ल स्वतन्त्र भएकी हुन् । आफ्नो पिताको सोच ‘रुढिवादी’ भएको भन्दै उनको संरक्षणबाट छुटकारा पाउन अदालतमा मुद्दा समेत हालेकी थिइन् । अब भने ब्रिट्नीले आफ्नो बुवाबाट छुटकारा पाएकी छिन् । अमेरिकी अदालतले बुधबार ब्रिट्नीलाई बुवाको संरक्षणबाट मुक्त गराएको हो। अब ब्रिट्नीले आफ्नो जीवन र आफ्नो आम्दानीमा एकल हक जमाउन पाउने छिन् ।
उनका बुवा जेमीले सन् २००८ बाट ब्रिट्नीको जीवनमा संरक्षकको भूमिका निभाउँदै आएका थिए । ब्रिट्नीले कमाउने पैसादेखि उनको जीवनमा नै बुवाको अधिकार थियो । सन् २००८ मा ब्रिट्नीले नशाजन्य औषधिको सेवन तथा कुटपिटमा संलग्न भएको भन्दै कानुनी रुपमै उनको संरक्षकको रुपमा बुवालाई नियुक्त गरिएको थियो ।
प्रतिक्रिया