सामन्था अक्किनेनीको सम्बन्ध विच्छेदको विषयमा चर्चा
एजेन्सी- केही समय यता नागा चैतन्य र सामन्था अक्किनेनीको सम्बन्ध विच्छेदको विषयमा चर्चा चलिरहेको छ । तर, दुवै जनाले यस विषयमा कुनै प्रतिक्रिया दिएका थिएनन् । भारतीय सञ्चार माध्यममा सामन्था र नागा चैतन्यले छुट्टिने निर्णय गरेपछि उनीहरू दुवैको पारिवारिक अदालतमा काउन्सिलिङ पनि भइसकेको बताइएको छ । तर, परामर्श पछि पनि उनीहरूले आफ्नो निर्णय परिवर्तन नगरेको समेत बताइएको थियो । सम्बन्ध विच्छेदको प्रक्रिया अर्को दुई तीन महिनामा पूरा हुने र सामन्थाले सम्बन्ध विच्छेद पछि ५० करोड रुपैयाँ भत्ता पाउने सम्म उल्लेख गरिएको थियो ।
सामन्था वा चैतन्यले अहिलेसम्म यी रिपोर्टहरूको विषयमा खुलेर केही नबोले पनि साङ्केतिक रूपमा यी आरोपहरू अस्वीकार गरेका छन् । सामाजिक सञ्जालमा सामन्थाका फ्यानले मुम्बई सिफ्ट हुने विषयमा प्रश्न सोधेका थिए । यो प्रश्न यी दुईको सम्बन्धलाई लिएर घुमाउरो पारामा सोधिएको थियो ।
सामन्थाले जवाफमा भनिन्, ‘मलाई थाहा छैन कि यी अफवाहहरू कहाँ बाट उडिरहेछन् । अन्य १०० प्रकारका अफवाहहरू जस्तै यो पनि गलत छ, यी समाचारमा कुनै सत्य छैन । हैदराबाद मेरो घर हो र सधैँ हुनेछ । हैदराबादले मलाई सबै थोक दिएको छ र म खुसीसाथ यहाँ बस्छु।’
प्रतिक्रिया