दीपकराज गिरी भन्छन्-संकटमा हल चलाउन विदेशी फिल्म नै चाहियो ?

काठमाडौं – कोरोना महामारीको प्रभाव सबै क्षेत्रलाई प्रभाव पार्यो यही प्रभावबाट फिल्म क्षेत्र पनि अछुतो भने रहेन । कोभिडले लामो समयसम्म बन्द भएको फिल्महल काठमाडौँ, भक्तपुर र ललितपुरका सिडिओहरूको बैठकले कोरोना भाइरसबाट जोगिन स्वास्थ्य मापदण्डको पालना गर्दै भदौ १६ गतेदेखि फिल्म हल खुलाउन अनुमति दिएको थियो । नेपाली फिल्मले मात्रै दर्शकलाई हल सम्म तान्न सक्दैन भन्ने एउटा उदाहरण अहिलेको अवस्थाबाट नै बुझन सकिन्छ । धेरै फिल्म वितरक अहिले फिल्म लिएर बसेका छन् तर हलमा कुन फिल्म दिने र हलले कुन फिल्म दिने भन्ने अझै अत्तोपत्तो छैन ।

विदेशी ठुला ब्यानरका फिल्म रिलिज भए सँगसँगै नेपाली फिल्म चलाउन पाए दर्शकको आगमनसङै नेपाली फिल्मले पनि फड्को मार्ने थियो कि भन्ने हलवाला र निर्माताको आशा छ । फिल्महल नखुल्दा सरकारको आँखामा मनोरञ्जन क्षेत्र परेन भनेर सरकारसँग हल खोल्न अनुमति माग्ने हलवालाहरू नै अहिले भने मौन छन् । तत्काल नै हल खोल्नको लागी अक्मक्काई रहेका छन् । शोभित बस्नेतको ‘डाँडाको वर पीपल’ बाहेक अरु निर्माता दशैंमा आउने सोचमा पुगेनन् । हल चलाउनका लागि प्रदर्शकले विदेशी चलचित्रकै सहारा लिनुपर्ने अवस्था सिर्जना भयो । कोरोना भाइरसले अस्तव्यस्त बनाएको फिल्म क्षेत्र अहिले समय अनकुल बन्दै गर्दा पनि विभिन्न विषयहरु लिएर अक्मकाएको देखेर कलाकार तथा निर्माता दीपकराज गिरीले असन्तुष्टी व्यक्त गरेका छन्  । उनले आफनो सामाजिक संजाल फेसबुकमा लेखेका छन् : अहिलेको संकटमा हामिलाइ हल चलाउन बिदेशी फिल्म नै चाहियो !! कमसेकम दशैमा रिलिज गर्ने डेट तोकेर तैयार भएर बसेका साथिहरू ले त ऑट गर्नु पर्ने थियो नि!!!सहज हूदॉ एक आपसमा भिडने अप्ठेरो बेला चाहि ‘…