अशोक भन्छन् : कुलमान घिसिङमा दम्भ बढ्यो
काठमाडौँ- नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले विद्युुत प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङमा दम्भ पलाएको बताएका छन् । उनले भने उहाँ कुशल प्रशासक हुनुहुन्छ तर उहाँमा धेरै दम्भ पनि छ । ‘जनतामाझ लोकप्रिय छु भन्ने कूलमानजीसँगको दम्भलाई मैले उहाँसँगको एकदुईवटा मिटिङमा देखेको छु’ शर्माले भने, ‘प्रशासकहरु दम्भमा हिँड्दा घाटा हुने राष्ट्रलाई नै हो । केवल टेलिभिजन व्यवसायीहरुको राष्ट्रिय भेलालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव शर्माले प्रशासकहरुले दम्भ लिएर हिँड्दा राष्ट्रलाई घाटा पुग्ने बताए । उनले यो कस्तो खालको नीति हो भनेर प्रश्न समेत गरेका छन् । उनले थपेका छन् यस्ता प्रशासकलाई साथ दिने नेता पनि भोलि चुनावमा हार्ने निश्चित छ ।’
प्रतिक्रिया