सुटिङ सेटमा फर्किन साम्राज्ञी

काठमाडौं- गतबर्ष चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सकेपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ चलचित्रको काम गरेकी छैनन् । उनको लाइनअपमा केही चलचित्र भने छन् । वैशाखबाट दोश्रो चरणको कोरोनाका कारण निषेधाज्ञा भएपछि नेपाली चलचित्रको काम ठप्प भयो । निषेधाज्ञा खुकुलो भएसँगै मनोरञ्जन क्षेत्र जुर्मुराउन थालेपछि साम्राज्ञी पुनः व्यस्त हुन थालेकी छिन् ।

 

 

म्युजिक भिडियो नै सहि, महंगी एक्ट्रेस साम्राज्ञीले राम्रै पारिश्रमिक लिएर म्युजिक भिडिओमा काम थालेकी छिन् । कुरा भैरहेका फिल्महरु तत्काल छायांकनमा नजाने भएपछि साम्राज्ञी म्युजिक भिडिओ सेटमा फर्किएकी हुन् । ट्री इन्टरटेनमेन्टले निर्माण गरिरहेको एउटा गीतको भिडिओमा साम्राज्ञीलाई दर्शकले हेर्न पाउने भएका छन् । अस्मिता अधिकारी र विश्व नेपालीको स्वर रहेको गीतमा साम्राज्ञीले काम गरेकी हुन् । यो गीतको भिडियोको छायांकन काठमाडौंका विभिन्न स्थानमा गरिएको हो । साम्राज्ञी भिडियोमा काम गर्न पाउँदा उत्साहित देखिएकी छिन् ।