गायिका अफ्रिता खड्गीको ‘कस्तो त्यो बेदना’

‘द भ्वाइस अफ नेपाल ३’ मा सहभागी भएर राम्रो चर्चा कमाएकी गायिका अफ्रिता खड्गीको स्वरमा समावेश ‘कस्तो त्यो वेदना’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा शब्द तथा संगीत राज लिम्बुको छ ।

काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा बाल्यकालको साथीसँगको प्रेम र मित्रतालाई संझिने कोशिश गरिएको छ । भिडियोमा गायिका खड्गीको साथमा बाल–कलाकार समृद्धि र सौरभको अभिनय छ । कुलेखानी र ललितपुरमा छायांकन गरिएको भिडियोमा इसाब जबेगुको छायांकन, हाङ चेम्जोङको निर्देशन छ ।