दुर्गेश ‘बहिस्कार’ गीतबाट फेरी किन परे विवादमा ?

काठमाडौं- गायक दुर्गेश थापा र नायक पल शाहको बहिष्कार बोलको नयाँ गीत सार्वजनिक भएको छ । सोही गीत सार्वजनिक भए लगत्तै विवादमा तानिएको छ । दुर्गेशको ख्यास पुतली बोलको गीत भड्किलो भएको भनेर लोकदोहोरी प्रतिष्ठानले गीत सुर्धान आग्रह गरेको थियो आग्रह गरेपनि गीत नहटाएपछि लोकदोहोरी प्रतिष्ठानले बहिस्कार गर्ने घोषणा गरेपछि त्यसको जवाफ दिन दुर्गेशले यो गीत ल्याएका हुन् ।भिडियोमा उनको गेटअप र ड्रेस जोनी डीप स्टारर हलिउड फिल्म ‘पाइरेट्स अफ दी क्यारेबियन’बाट चोरी भएको भन्दै सामाजिक संजालमा व्यापक आलोचना भएको छ ।

हेयर स्टाइल, मेकअप र ड्रेस दुरुस्तै जोनी डीपको चरित्रसँग मिलेपछि कतिपय दर्शकले चोरी नगर्न दुर्गेशलाई सुझाएका छन् । तर, दुर्गेशले चाहिँ त्यो कन्सेप्टलाई चोरी भन्न नमिल्ने बताए । गायक थापाको स्वर रहेको बहिष्कार बोलको गीतको भिडियो शुक्रबार युट्युबमा सार्वजनिक भएको हो । गीतमा शव्द पनि गायक थापाकै रहेको छ । गायक थापा र पल शाहको अभिनय रहेको यस म्युजिक भिडियो युट्युबमा आए लगत्तै धेरैले हेरिसकेका छन् । भिडियोलाई शिव बिकेले निर्देशन र किलन बिकले सम्पादन गरेका हुन् ।