‘लभ नम्बर २२’ मा अमृत र रक्षा रोमान्टिक मुडमा

काठमाडौं- एसियन म्युजिकले निर्माण गरेको वेब-सिरिज ‘लभ नम्बर २२’को फस्टलुक पोस्टर शनिबार रिलिज भएको छ । दशैं लगत्तै सिरिजलाई फोपी ओटीटी प्लेटफर्म र टेलिभिजनमा रिलिज गर्ने तयारी भएको छ ।

अमृत ढुंगाना र रक्षा थापालाई फिचर्ड गरिएको पोस्टरमा तन्नेरीको मनोविज्ञानलाई दर्शाउने प्रयत्न गरिएको छ । रिलिज भएका दुई पोस्टरमा अमृत र रक्षा रोमान्टिक मुडमा देखिन्छन् । सोही  वेब-सिरिजमा तन्नेरीको जीवनशैलीलाई प्रस्तुत गर्ने फिल्ममा उनीहरुको सम्बन्ध, चाहना र द्वन्द्वलाई प्रस्तुत गरिएको र प्लस टु पुस्ताले रुचाउने  खालको प्रस्तुति भएको स्रोतले बताएको छ ।