प्रियंकाले आमा बन्नु अगाडी खेप्नु परेको आलोचना

काठमाडौं – अभिनेत्री प्रियंका कार्कीले छोरीलाई जन्म दिएकी छन् । उनले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छिन् । प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छिन् । उनले छोरीको नाम आयाङ्का कार्की जोशी नाम दिएकी छन् । सिने जगतमा चल्तीकी नायिका प्रियंका गर्भावस्थामा थप चर्चित भएकी थिइन् । उनले गर्भावस्थामा गरेका विभिन्न क्रियाकलापमाथि थुप्रैको नजर तान्ने गर्दथ्यो । कतिले उनलाई समर्थन गर्थे भने कतिले उनको अत्यधिक आलोचना समेत गरे । तस्बिरमा प्रियंका र आयुष्मान निकै खुसी देखिएका छन् । नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीले वि.सं २०७६ साल फागुन १६ गते विवाह गरेका थिए ।

आयांका नामको ट्याटु

प्रियंकाले धेरै पहिला आफ्नो गर्धनमा‘आयांका’ लेखिएको ट्याटु खोपाएर सबैलाई सर्प्राइज दिएकी थिइन् । इन्गेजमेन्टपछि आयुष्मान र प्रियंकाले आफूहरुको संयुक्त नाम ‘आयांका’ राखेका हुन् । आयुष्मान र प्रियंकाले आफनो घरको नाम पनि ‘आयांका’ निवास राखेका छन् । उनीहरूलाई पुत्री लाभ भएसङै छोरीको नाम पनि ‘आयांका’ राखेका छन् ।

प्रियंकाको बेबी पम्प

प्रियंका श्रीमान आयुमानसँगै खिचाएको श्यामश्वेत तस्बिरमा उनको बेबी बम्पसमेत देखाएकी थिइन् प्रियंकाले लेखेकी थिईन ‘यु क्यान स्टप आस्किङ नाउ । यस, वि आर प्रेग्नेन्ट ।’ यही सानो शब्दले पनि ठुलो रूप लियो हामी प्रेग्नेन्ट छौँ भनेर भन्दा हासोको विषय समेत बनेको थियो । यो भन्दा अगाडी पनि विवादमा आइरहेकी कार्की आमा बेनपछिको विवाद भने पहिलो थियो । उनले सकारात्मक सँगै नकारात्मक प्रतिक्रियाहरू खेप्नु परेको थियो ।

स्विमिङ पुलमा प्रियंका

आमा बन्नु भन्दा पहिले चर्चामा रहेकी कार्की आमा बनेको सार्वजनिक गरेसँगै सामाजिक सञ्जाल र मिडियामा कार्की चर्चामा थिइन् । प्रियंकाले सन्तानलाई जन्म दिने दिन नजिकिँदै जाँदा स्विमिङ पुलमा रमाएका तस्बिरहरू सार्वजनिक गरेकी छिन् । स्विमिङ पुलमा प्रियङ्कासँगै उनका नजिकका साथीहरू पनि रमाएको देख्न सकिन्छ । प्रियंकाको तस्बिरमा आलोचनात्मक प्रतिक्रिया धेरै आएका थिए । कतिले समाज परिवर्तन गर्न खोजेकोमा समर्थन पनि गरेका थिए ।

प्रियंकाको ‘बेबी सावर’

गर्भवती भएपछि नै प्रियंकाले आफ्ना साथीहरूले सबै भन्दा उत्कृष्ट ‘बेबी सावर’को कार्यक्रम आयोजना गरेकी थिइन् । नायिका कार्कीले सामाजिक सञ्जालमा ‘बेबी सावर’को तस्बिर पोस्ट गर्दै खुसी व्यक्त गरेकी गरेकी थिइन् । ‘बेबी सावर’ विदेशी कल्चर भएको र यसले समाजमा विकृति पनि ल्याएको भन्ने कुराको टीकाटिप्पणी समेत भएको थियो । सामाजिक सञ्जालमा आएको अनेकौँ नकारात्मक कुराहरूलाई बेवास्ता गरी आफनो स्वभावलाई र भावना निरन्तर रूपमा व्यक्त गरेकी उनै कार्की आमा बनिसकेकी छन् । मेरो फिल्मको तर्फबाट उनलाई बघाइ छ ।