रचना रिमाल र शनि विश्वकर्माको स्वरमा ‘आँखा भरी’ सार्वजनिक

काठमाडौँ- रचना रिमाल र शनि विश्वकर्माको स्वरमा गीत ‘आँखा भरी’ सार्वजनिक भएको छ । शिशिर सापकोटाको शब्द रहेको गीतमा ज्ञानेन्द्र गिरिले सङ्गीत गरेका हुन् । सङ्गीत संयोजन भने ओम सुनारको रहेको छ ।

भिडियोमा लक्ष्मी बर्देवा र पुष्प महर्जनको अभिनय रहेको छ । सुरेन्द्र मल्ल ठकुरीले निर्देशन गरेको भिडियो विष्णु खड्काले सम्पादन गरेका छन् । भिडियो बुद्धि थापाले छायाङ्कन गरेका हुन् ।