‘घिन्ताङ’को छायांकन सुरु
काठमाडौं-चलचित्र ‘घिन्ताङ’को छायांकन सुरु भएको छ । पनौतीबाट यो चलचित्रको छायांकन सुरु गरिएको निर्माता तथा निर्देशक दीपक श्रेष्ठले जानकारी दिए । यो चलचित्रको छायांकन पाँच दिन अगाडि सुरु गरिएको र २० दिनको सेड्यूल राखेर काम अगाडि बढेको निर्देशकको भनाई छ ।
चलचित्रमा नायक गौरव पहारी, नायिका केकी अधिकारी, कलाकारहरु निर शाह, मदनकृष्ण श्रेष्ठ, रमेश अधिकारी, संगम भण्डारी र दीपाश्रीि निरौलाको मुख्य भूमिका रहनेछ । चलचित्रको छायांकन सुरु भएसँगै कलाकारद्धय गौरव र केकीको पहिलो लुक्स पनि बाहिरिएको छ । चलचित्रमा संकल्प भुजेलको छायांकन, दिपक शर्माको संगीत छ । राज लामाको प्रस्तुतिमा बनिरहेको यो चलचित्रको बजेट ६० लाख रहेको दीपकले जानकारी दिए । ९ बर्षपछि चलचित्र क्षेत्रमा कमब्याक गर्न लागेका दीपकले चलचित्रलाई पृथक कथामा बनाउन लागेको बताए । चलचित्रलाई पनौतीसँगै फर्पिङमा खिचिनेछ ।
प्रतिक्रिया