काठमाडौं- शनिबार बेलुकी सम्पन्न भएको ‘कमेडी च्याम्पियन २’को फाइनलसँगै देशले कमेडीका नयाँ च्याम्पियन पाएको छ । कमेडी च्याम्पियन(२ को उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन् । पछिल्लो समय उनले पूर्व युवराज पारस शाहको अभिनय गरेर झन् चर्चित बनेका थिए । रियालिटी शो सुरु भएदेखि नै चर्चा कमाइरहेका पौडेलले अन्त्यमा उपाधि पनि आफ्नो पक्षमा ल्याउन सफल भए । फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै ताप्लेजुङका भरतमणिले उपाधि हात पारेका हुन् । त्यस्तै फस्ट रनरअप सिक्किमका विक्की अग्रवाल बनेका छन् भने सेकेन्ड रनरअप गोर्खाका सन्तोष थापा बने ।
कमेडी च्याम्पियन सकिएसँगै निर्णायक ९जज० मनोज गजुरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्टाटस लेख्दै निर्णायकको नजरबाट आफ्नै ‘जजमेन्ट’ गरेका छन् । उनले कमेडी च्याम्पियन रियालिटी शो अवधिभर कोही कसैको चित्त दुखेको भए आफूलाई माफी गरिदिन भनेका छन् ।
कमेडी च्याम्पियनअवधिभर धेरै राम्रा र प्रतिभाशाली कमेडीयनहरुलाई भेटेको र उनीहरुलाई आफ्नो कला अनुभव सुनाउने र उनीहरुबाट ‘कमेडी ट्रेन्ड’ सिक्ने मौका पाएको समेत फेसबुकमा उल्लेख गरेका छन् ।
कमेडी च्याम्पियन २ : ‘जज’को नजरमा आफ्नै ‘जजमेन्ट’ !
कमेडी च्याम्पियनको दोश्रो सिजन सकिएको छ । हजारौंबाट सयौं, सयौंबाट दर्जनौं, दर्जनौंबाट उत्कृष्ट तीनहुँदै बिजेता घोषणा भैसकेको छ । यो बिचमा धेरै राम्रा र प्रतिभाशाली कमेडीयनहरुलाई भेट्यौं । उनिहरुलाई आफ्नो कला अनुभव सुनाउने र उनिहरुका ‘कमेडी ट्रेण्ड’ सिक्ने सुन्दर अवसर मिल्यो ।
परम्परागत कमेडीको बिरासतलाई सम्मान गर्न, समसामयीक शैलीबाट सिक्न र भविस्यको हास्यब्यङ्ग्य ‘फर्म्याट’लाई आत्मसात गर्न यो ‘प्लेटफर्म’ले ठूलो मद्धत गर्यो । परिकल्पनाकार विशाल भण्डारी लगायत सम्पुर्ण टीमप्रती आभार ब्यक्त गर्दछु ।
‘जज प्यानल’मा रहनु भएका अग्रज सन्तोष पन्त अनि प्रदीप भट्टराई र रिचा शर्मासँगको सहकार्य अविस्मरणीय, आत्मीय र अर्थपुर्ण रह्यो । कमेडी च्याम्पियनको मन्चकी मुटु रिमा बिश्वकर्मा, कलेजो मेक्सम गौडेल, फोक्सो केकी अधिकारी लगायत सिङ्गो च्याम्पियन शरीरसँग गहिरो सम्बन्ध स्थापित हुनपुग्यो ।
‘जज प्यानल’मा रहेर नयाँ प्रतिभाहरुलाई जाँच्ने, तिनका क्षमतालाई परख्ने, हौसला दिने र समीक्षा गर्ने काम सहज थिएन । एकातिर ‘कन्टेन्ट’मा सामाजिक मुल्य र मान्यता, राष्ट्र र राष्ट्रियता र ब्यक्तीको आत्मसम्मानप्रती गम्भीर हुनु पर्दथ्यो । अर्कातिर मनोरन्जनको स्वतन्त्र अभिव्यक्तिलाई प्रोत्साहन पनि दिनु आवस्यक थियो ।
‘निर्णायक’को कुर्सीमा बसेर हामीले त्यो जिम्मेवारी बहन गर्न सक्यौं सकेनौं, त्यो आदरणीय दर्शकलाई छोड्न चाहान्छु । तरपनी हास्य ब्यङ्ग्य कलालाई मनोरन्जक, शिष्ट, सभ्य र समाजोपयोगी बनाउने हाम्रो प्रयास थियो, छ र रहनेछ ।
यद्यपि कमेडी च्याम्पियनको निर्णायकको भुमिका निभाउने क्रममा हामी (बिशेषत मबाट) थुप्रै कमी कमजोरी भए होलान् , मेरो शब्दले कसैको चित्त दुखाएँ होला । शैलीले कसैको भावनामा चोट पुग्यो होला । त्यो नियत नभएर मानवीय कमजोरी बुझी क्षमा दिनुहोला ।
समिक्षाका क्रममा प्रतियोगीलाई रुखो बोल्यौँ हाेला, त्यो तपाईंको प्रतिभा निखार्नकोलागी थियो न कि निरुत्साहित पार्नकालागी ! कमेडीमा तपाईंहरु जति माथी पुग्नु भयो, हामी त्यति खुशी हुनेछौं । जति परिस्कृत कला पस्कनु भयो, हामीलाई त्यतिनै गौरव महसुस हुनेछ ।
अन्त्यमा, भुलचुक लिने/दिने ! हास्ने, हँसाउने, प्रेरणा लिने र उत्प्रेरित गराउने अभियान जारी रहनेछ । अब केही फरक ‘खाना-खजाना’कासाथ कहिँ कतै भेट हुने नै छ । अहिलेलाई यति, बाँकी चाँडै
पोशाक सौजन्य :तेह्रथुमे ढाका बुटिक
प्रतिक्रिया