‘कमेडी च्याम्पियन-२’ को उपाधि भरतमणि लाई

काठमाडौँ- कमेडी च्याम्पियन-२ को उपाधि भरतमणि पौडेलले जितेका छन् । फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै ताप्लेजुङका भरतमणिले उपाधि हात पारेका हुन् । पछिल्लो समय उनले पूर्व युवराज पारस शाहको अभिनय गरेर झन् चर्चित बनेका थिए । रियालिटी शो सुरु भएदेखि नै चर्चा कमाइरहेका पौडेलले अन्त्यमा उपाधि पनि आफ्नो पक्षमा ल्याउन सफल भए ।

पौडेलले राजनीतिक व्यंग्यहरू गरेर उनले चर्चा कमाएका थिए । पेन्टोमाइम गरेर चर्चामा आएका सिक्किमका बिक्की अग्रवाल पहिलो उपविजेता बने भने गोर्खाका सन्तोष थापा दोस्रो उपविजेता बने । भरतमणीले उपाधिसँगै २५ लाख र कार पुरस्कार पाएका छन् । प्रतियोगिताको उपविजेता बनेका बिक्कीले ‘टिभिएस अपाचे’ बाइक पाएका छन् । सन्तोषले स्कुटर जितेका छन् ।