एमसिसीबारे के भन्छिन् करिश्मा मानन्धर ?

यतीखेर सबैभन्दा बढी चर्चा एमसिसीको छ । नेपालले स्वीकार गर्ने की नगर्ने भन्ने विषयमा राजनीतिक वृत्तमा चर्चा चुलिएको छ । सत्तारुढ दललका नेताहरु नै यसमा दुइ खेमामा विभाजित छन् । कसैले यो नेपालका लागि हानी हुने र कसैले नेपाललाई फाईदा पुर्याउने भनेर विष्लेषण गरिरहेको छ । एमसिसीको विषयलाई लिएर प्राय सबैले आफनो भनाइहरु राखिरहेका छन् । नायिका करिश्मा मानन्धरले पनि सामाजिक सन्जालमा आफनो धारणा व्यक्त गरेकी छन्

करिश्माले एमसिसीको विरुद्धमा यूवाहरुले निकालेको जुलुसको एक भिडियो शेयर गर्दै लेखेकी छिन्–‘घरमा हात्ती ल्याएर घरका मान्छे बाहिर बस्नुपर्यो भने हात्ती ल्याउनु ठिक होला ? घर भित्र कलह हुने तत्व भित्राउनु ठिक होला त ? अगुवाई गर्नेहरुको विगतका निर्णयका परिणमहरुले गर्दा नै जनतामा यो अविश्वास उब्जिएको त होला नी ?’

उनले, जनतालाई ठोकुवा गरेर यो बिषयमा वुझाउन पनि आग्रह गरेकी छिन् । उनले भनेकी छिन्–‘त्यसैले त अगुवा बनाएको हो तपाइहरुलाई । जनताकै विरोधमा गएर कसरी अगुवाई गर्ने ?’