ब्रिट्नीले गरिन् सामसँग सुटुक्क इन्गेजमेन्ट

 

आफ्ना पिताको नियन्त्रणबाट मुक्त भएलगतै विश्व चर्चित पप गायिका ब्रिट्नी स्पेयर्सले इन्गेजमेन्ट गरेकी छिन् । मिडिया रिपोर्टका अनुसार, ३९ बर्षकी ब्रिट्नीले आफ्ना प्रेमी सैम असघरीसँग इन्गेजमेन्ट गरेकी हुन् । ब्रिट्नीले आइतबार एउटा भिडियो पोस्ट गर्दै ५ वर्षदेखि सँगै बस्दै आएका साम असघारीसँग इंगेजमेन्ट गरेको सूचना दिएकी हुन् । गायिकाले आइतबार सामाजिक संजालमा इन्गेजमेन्टको औठी देखाउँदै एक भिडियो पोष्ट गरेकी छिन् । उनका प्रेमी सैम इरानका हुन् भने उनी २७ बर्षका छन् ।

ब्रिट्नीले आफूले यो कुरा विश्वास गर्न नसकिरहेको समेत उल्लेख गरेकी छिन् । सैमसँग ब्रिट्नी सन् २०१६ मा एकसाथ देखिएकी थिइन् । ब्रिट्नी र सैमले लामो समयको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्ने तयारी गरेको मिडियाले उल्लेख गरेका छन् । ब्रिट्नीको औठीको डिजाइन एनवाइसी रोमनमा गरिएको हो । असघारीका म्यानेजर ब्रान्डेन कोहनले पनि दुवैले इंगेमेन्ट गरेको स्वीकार गरे । गत जुन २३ मा ब्रिट्नीले अदालतमा उपस्थित हुँदै आफूलाई बुबाले बन्दी बनाएको र विवाह गरेर बच्चा जन्माउन पनि अवरोध गरेको गुनासो गरेकी थिइन् । लसएञ्जल्स(अमर उजाला)