अभिनेता राजेश हमाल भन्छन् : एमसीसीबारे नेपाली जनतालाई अमेरिकाले स्पष्ट पार्नुपर्छ
अभिनेता राजेश हमालले अमेरिकी अनुदान सम्झौता एमसीसीबारे नेपाली नागरिकको असन्तुष्टि र भावनालाई स्पष्ट पार्न र सम्बोधन गर्न नेपाल एवं अमेरिकी सरकारलार्ई आग्रह गरेका छन् । वैदेशिक मामला जो पर्यो, राजेश हमाल पनि चुप लागेर बस्न सकेनन् । उनले पनि शुक्रबार मध्यरातमा भिडियो जारी गर्दै आफ्नो भनाइ राखे ।
भिडियोमा उनले सिधा सिधा एमसिसीको विरोध गरेका छैनन् तर घुमाएर यदि जनता यसको विरुद्धमा छन् भने यो लागू गर्न नहुने उनको आसय स्पष्ट छ । यसो गर्दा उनले अमेरिकाको बिग्रँदो छविका कारण यस्तो अवस्था आएको पनि उल्लेख गरेका छन् । तर, यसो गरिरहँदा उनले एमसिसी के कारणले लिन नहुने वा के कारणले लिन हुने कुनै स्पष्ट धारणा राखेका छैनन् । लामो भिडियोमा उनले नेपालको भन्दा धेरै अमेरिकाको कुरा गरेका छन् ।
मध्यरातमा त्यत्रो मेहनत गरेर भिडियो बनाएपछि स्पष्टसँग जनतालाई दिशा निर्देश गर्ने गरी हमालको धारणा आएको भए हुन्थ्यो । तर, उनले स्पष्ट धारणा दिन सकेका छैनन् । गोलमोटल र अलमलमा पार्ने कुरामा त नेपालका नेता अगाडि छँदैछन् अब त्यसमा राजेश हमाल किन थपिनुपथ्र्यो र रु मध्यरात २ बजे भिडिओ सन्देश जारी गर्दै हमालले नेपाली नागरिकलाई एमसीसीबारे विश्वास दिलाउन र असन्तुष्टिलाई साम्य पार्न अमेरिकाको भूमिका जरुरी रहेको बताएका हुन् ।
राजेश हमालले केही समयदेखि राजदूत पद ताकिरहेको हल्ला चल्ने गरेका छन् ।एमसीसीलाई लिएर पछिल्लो समय राजनीतिक दल र नागरिकबीच मतैक्य नभएको बेला ठूलो फ्यान फलोइङ भएका हमालले आग्रह गरेरेका छन् । वैदेशिक मामलामा मात्र बोल्ने उनको बानीले यो हल्लालाई बल पनि पुर्याइरहेको छ । तर, जल्दोबल्दो मुद्दामा दिशा निर्देशक गर्नुको साटो जनताको दुहाइ दिएर बोलिटोपल्ने कुराले कसरी उनको पक्षमा माहोल बन्ला र रु नेपाली नागरिकको चित्त बुझाउन सरकारको कर्तव्य समेत रहेको उनको भनाई छ ।
https://www.facebook.com/100006145989198/videos/4254202064693004/
प्रतिक्रिया