सुरक्षाको ‘ग्रिन बर्ड’ छायांकन शुरू

 

चलचित्र ‘ग्रिन बर्ड’ को छायाङ्कन शुरू भएको छ । चितवन र नवलपरासीमा खिचिने चलचित्रको छायांकन चितवनबाट शुरू गरिएको हो । चलचित्रको मुख्य भूमिकामा नायिका सुरक्षा पन्त रहेकी छन् । सुरक्षासँगै चलचित्रमा कमलमणि नेपाल र अफरान अलिको मुख्य भूमिका रहनेछ । प्रमोदको कथा र पटकथा रहेको यो चलचित्रमा कात्तिक स्मित कर्नाटकको छायांकन तथा अन्जय खड्काको सम्पादन रहनेछ ।