रंगकर्मी प्रकाश दाहाल भन्छन् : ‘म हराएको होइन’

झापाका रङ्गकर्मी प्रकाश दाहाल बेपत्ता भएको भन्ने खबर विभिन्न समाचार पोर्टलहरूका आएका छन् । हल्दिबारी –१ गोल्धापका २७ वर्षीय दाहाल भदौ १९ गतेदेखि दमकबाट बेपत्ता भएको थिए । १२ बजे राति कोठामा नदेखेपछिसँगै सुतेका रङ्गकर्मीहरूले परिवारलाई खबर गरेका थिए । उनको खोजीका लागि इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिए  ।  तर अहिले भने हराएका रंगकर्मी प्रकाश दाहालले आफु नहराएको र  खबर नगरी हिँडेकाले धेरै दुःख पाएको भन्दै माफी मागेका छन् । एक सातादेखि हराएका झापाका रंगकर्मी प्रकाश दाहाल स्याङ्जामा भेटिएका हुन् । । एक सातापछि स्याङ्जाको वालिङबाट फेसबुकमा एउटा भिडियो अपलोड गर्दै उनले आफू सकुशल रहेको बताए  ।

उनले फेवातालमा बसेर लेखेको म हराएको होइन भन्ने शिर्षकका कविता सुनाएका छन् ।

म हराएको होइन

म हराएको होइन
डराएको हुँदै होइन
धैर्य गर आमा
सूर्य अलि पर चम्किँदै छ

जाग्दै, जगाउँदै तिम्रो छोरा
नयाँ बाटोमा लम्किँदैछ
सहन तिम्ले नै सिकायौं,
बहन तिमीले नै सिकायौं

लड्न तिमीले नै सिकायौं,
बढ्न तिमीले नै सिकायौं
म एउटा यात्रामा छु
अचम्मको जात्रामा छु,

आफ्नै शास्त्रमा छु
लाज छोप्ने वस्त्रमा छु
स्वयम् शरीरको अस्त्रमा छु
जीवनको सशस्त्रमा छु

यो यात्रा जाग्ने र जगाउनेको हो
भाग्ने र भगाउनेको हो
सड्ने र सडाउनेको हो
गल्ने र गलाउनेको हो

यो यात्रामा मलाई कसैले ढुंगाले हान्दैछन्
कसैले ढुंगा नै मान्दैछन्
बुझ्दै छन्, कोही भाषा सिकाउँछन्
कोही परिभाषा बदल्दैछन् ।

कोही रथका पांग्रा गुडाउँदैछन्
कोही नंगका नंग्रा खिउँदैछन् ।
कोही आफ्नो व्यथा सुनाउँदै छन्
कोही आफ्नो कथा लेखाउँदैछन्

कोही केही बनाउँदैछन्
कोही केही जगाउँदैछन्
कोही केही सजाउँदैछन्
कोही केही लडाउँदैछन् ।

साधुको भेषमा कोही अत्याचार गर्दैछन्
फुलेको केशमा कोही भ्रष्टाचार गर्दैछन् ।
यही यात्रामा कोही राष्ट्रियताको व्यापार गर्दैछन् ।

अनि कोही भने यी सबको नरसंहार खोज्दैछन्
अनि, तिमी त्यहाँ शोकमा हुँदा म यहाँ भोकसँग लड्दैछु ।

https://www.facebook.com/100003218665132/videos/1054694428669537/