कोरोना कहरमा कलाकारको तीज

 

चाडपर्वहरू मध्ये हरितालिका तीजलाई नेपाली महिलाहरूको महान् पर्वको रूपमा लिइन्छ । भाद्र शुक्ल तृतीया तिथिका दिन मनाइने तीज पर्वले महिलाहरूको धर्म र संस्कृति बोकेको छ । विवाह भइसकेका महिलाले आफ्ना पतिको सुख, समृद्धि र दीर्घायुका लागि र आफ्नो सौभाग्यका लागि पनि यो व्रत बस्छन्। त्यस्तै विवाह नभइसकेका महिलाले भने आफूले चिताए जस्तै राम्रो र असल पति पाइयोस् भन्ने उद्देश्यले  व्रत बस्छन्। विगतका वर्षहरूमा कलाकारहरू हरितालिका तीजलाई विशेष बनाउनको लागी विभिन्न कार्यक्रम गरी तीज मनाउने गर्थे तर अहिले भने कोरोना भाइरसको कारण तीजमा रमझम गर्ने माहौल बनेको छैन । कुनै समय थिए तीजको महिना दिन अगाडी देखी भावनात्मक गीतहरू बज्ने गर्थे तर अहिले भने न त राम्रो गीत सङ्गीतहरू बजारमा आए न त तीजको रौनकनै छ ।

मिथिला शर्मा – अभिनेत्री  

तीजको विषयमा मेरो धारणा अलि फरक नै छ । तीज हाम्रो परम्परा संस्कृति हो । चलिआएको चार्ड हो र यसको महत्त्व पनि उत्तिकै छ । म चाहिँ तीज तिन दिनको मात्र भन्छु । यसलाई रोनक तामझाम भन्दा पन पारिवारिक तरिकाले मनाउनुपर्छ । पहिले तीजको गीतमा दृश्यका भाव हुन्थे माया , दु स् ख पिडाहरू झल्कन्थे तर अहिले भने उच्छृङ्खल खाले गीहरु गाउन थालेका छन् । मेरो विचारमा भन्नुपर्दा तीज भड्किलो बन्दै गएको छ । आमाबुवा भेट्ने माइती घर जाने दुस्ख सुस्ख सुस्ख कुराकानी गर्ने दिदिबहिनीहरु भेट्ने गीतमार्फत आफनो वेदनालाई प्रस्तुत गर्ने हो तर अहिले आधुनिकताको नाममा संस्कृतिलाई जोगाउन ग्राहो पर्छ जस्तो छ ।’ हामीले सभ्य तरिकाले तीज मनाउनुपर्छ यसपालि मेरो चाहिँ तीज हुँदैन पुजाआज पनि नहुने भएर तर सबै नेपाली दिदीबहिनी आमाहरूलाई हरितालिका तीजको शुभकामना ।”

सञ्चिता लुइँटेल-अभिनेत्री 

तीज भनेको हामी हिन्दुनारीहरुको लागी एकदमै महत्त्वपूर्ण चार्ड हो । बनाईको संस्कृति र परम्परालाई जोगाउनको लागी हामीले मनाउने तीजले टाढा हुनुभएका आफन्त र साथीभाइसङ निकटता बढाउने एउटा महतपूर्ण माध्यम पनि हो । हामी तीजको दिन रङ्गिन सारी लगाउने, हातभरी चुरा लगाउने खुसी साटासाट गर्ने गर्छौ ।” आफनो परिवारको नाममा खुसी , सुखी र दीर्घायुको कामना गर्दै व्रत बस्छौँ । तीज पर्व विवाहित भएका नारीहरूको लागी झनै महत्त्वपूर्ण चार्ड हो । मलाई चाहिँ लामो तीज नै मन पर्छ खास गरी तीज त तिन दिन हो तर हप्ता दस दिनदेखी तिजको प्रोग्राम हुँदा परिवारको साथ , पेसाका साथीहरूको साथ अनि कलेजका साथीहरूसँग हुन्छ । त्यसैले तीजलाई लामो चार्ड बनाउनु चाहिँ एउटा खुसी साट्ने माध्यम पनि हो । मेरो हरेक तीजहरू खुसीमय बित्छ यसपालिको तीजमा भने म अभिनेता राजेश हमालसँग सुटिङका लागि सुदूरपश्चिम आएकी छु । यो पटकको तीज सुटिङ सुटिङसँगै मनाउँदै छु । मेरो तर्फबाट सम्पुर्ण हिन्दु नारीहरूलाई तीजको शुभकामना ।”

निता ढुङ्गाना – अभिनेत्री 

‘तीज हाम्रो परम्परा देखी मनाउँदै र हामी रम्दै आएको संस्कृति हो ,र संस्कृति भित्र संस्कार पनि पर्छ भनेर हामीले बिर्सन भएन । भगवानको पालामा समेत पार्वतीले व्रत बसेर शिव पाइन । तीज भन्ने बित्तिकै रमाइलो गर्ने, साथी भाइहरू भेटघाट गर्ने माइती जाने परिवारसङको निकटतालाई अझै बढाउने दर खाने रङ्गिन चगिन कपडासङै मनलाई पनि रङ्गिन बनाउने दु:ख पिडा भुलाउनको लागी आफन्तसङ कुरा साटासाट गर्ने यही न त हो । तर अहिले भने तीज मनाउने तरिका अलि फरक छ । नयाँ तरिकाबाट तीज मनाउन थालिएको छ । कोरोना भाइरसले अलि खुलेर रमाउन चाहीँ दिएन तर पनि सामान्य तरिकाले सुरक्षित भएर चाहीँ मनाउने हो । म पनि तीज सामान्य तरिकाले मनाउछु । दिदी हुनुहुन्छ दर खाने रमाइलो गर्ने ,हाम्रो परम्परा संस्कृति जोगाउने हामी आफैले नै हो यसैले आफ्नो स्तर हेररमात्र अपेक्षा राखौँ हिन्दुनारीहरुलाई हरितालिका तीजको शुभकामना ।”

करिश्मा मानन्धर-अभिनेत्री 

मेरो लागी तीज भनेको भव्य हुनुपर्छ भन्ने होइन म साधारण तरिकाले तीज मनाउँनेमा पर्छु मेरो लागी हरेक दिन तीज ।” मैले पनि आफनो क्षमताले भ्याएसम्मको कोसिस गरेर तीज गीत बनाए चार लाख खर्च गरे तर त्यहाँबाट आउने त एक सय डलर न हो !तर हामीले जानेको कुरा चाहीँ देखाउनु पर्छ चाहे सानो माध्यम होस या ठुलो माध्यम होस । विगत वर्षमा जस्तै यसपालि पनि साधारण तरिकाले तीज मनाउँछु ।”

कोमल ओली – गायिका 

पाटीको कामले म दाङ जिल्लामा छु । म सानै देखी गीतगाउन मन पराउने भएको हुनाले मलाई यो क्षेत्रसङ अनौठो साइनो गाँसिएको छ जस्तो लाग्छ । यसपालिको तीजमा मैले मेरो दर्शकश्रोताहरुको लागी सोचेको जस्तो गीत दिन सकिन मेरो गीत ए हो धन्यवाद पशुपति शर्मा भाइसङको गीत आइसकेको छ आफनो कार्य व्यस्तताको कारणले गर्दा त्यो गीतमा मैले अभिनय गर्न सकिन मेरो दर्शकलाई विगत वर्षदेखी गीत प्रशस्त दिन नसक्दा म पनि सारै दुखी छु । तर अब आउने तीजमा भने दर्शकश्रोताहरुलाई निराश बनाउँदिन ।”

मेरो लागी मात्र होइन सबै हिन्दुनारीहरुको लागी तीजपर्व विशेष छ । म अहिले टाढा छु तर पनि सामाजिक दुरी कायम गरेर विभिन्न कार्यक्रमहरूको आयोजना गरेका छौँ दिदिबहिनीहरुसंग रमाइलो गर्दै दर खाने गरेर तीज मनाउने हो । कोरोना भाइरसको कारणले गर्दा विगत वर्षदेखी तीजको माहौल अलि शून्य भएको छ । सुरक्षाको मापदण्ड पालना गर्दै विगतवर्षहरु जस्तै तीजलाई खास बनाउनुहोला शुभकामना ।”

बेनिशा हमाल – अभिनेत्री 

मलाई तीज सारै नै मनपर्छ तर अहिले कोरोना भाइरसले भने अलि खल्लो बनाएको छ । तर पनि एक त लकडाउन खुल्यो काम गर्ने वातावरण अलि सहज बनेको छ अर्को भने हिन्दुनारीहरुको महान चार्ड हरितालिका तीजको रमझम चलिरहेको छ । कोरोना भाइरसले हामीले दु :ख दिएको बेलामा चार्डपर्वमा सबैजना सुरक्षित भएर खुसीको माहौल बनाई रमाउने कोसिस गरौँ सबै जनालाई हरितालिका तीजको शुभकामना।”