आमाको निधनले सहनै नसक्ने पीडा महशुश गरिरहेको छु : अक्षय कुमार

मुम्बई- बलिउड अभिनेता अक्षय कुमारलाई मातृशोक परेको छ । अक्षयले ट्वीटर र इन्स्टाग्राम एकाउण्टमार्फत आमा अरुणा भाटियाको निधन भएको जानकारी दिएका छन् । अक्षयले लेखेका छन्–‘आज म आफू भित्र सहनै नसक्ने पीडा महशुश गरिरहेको छु ।

मेरी आका अरुणा भाटिया आज बिहान यो संसारलाई आरामसँग छोडेर कुनै दोश्रो दुनियाँमा मेरो पितासँग मिल्न पुगेकी छिन् । म तपाईहरु सबैको प्रार्थनाको उच्च सम्मान गर्दछु । ओम शान्ती ।’ अक्षयको आमालाई मुम्बईस्थित हिन्दुजा अस्पतालमा भर्ना गरिएको थियो । यहीकारण लण्डनमा सुटिङ भइरहेको फिल्म ‘सिण्डरेला’को काम छोडेर अक्षय मुम्बई आएका थिए ।