राम चरणको घोषणा – नयाँ निर्देशकसँग सहकार्य नगर्ने
मुम्बई (बलिउड लाइफ)– अभिनेता राम चरण दक्षिण भारतीय फिल्मका प्रख्यात अभिनेता हुन् । अभिनेताका अलावा उनी फिल्म निर्माता पनि हुन् । त्यहीकारण कसको फिल्मले कस्तो व्यापार गरेको छ र कुन निर्माताको फिल्म दर्शकका लागि रुचीकर छ भन्ने कुरामा उनी जानकार छन् ।
अभिनेता अल्लु अर्जुनले निर्माण गरेको फिल्म ‘ना पेरु सुर्या’ बक्सअफिसमा फ्लप भएपछि राम चरण झस्किएका छन् । किनकी यो फिल्मका निर्देशक नयाँ थिए । यो फिल्मका निर्देशक बाहेक अन्य नयाँ निर्देशकका फिल्मले बक्सअफिसमा कमाल गर्न सकेनन् । नयाँ निर्देशक फिल्ममा असफल भएको देखेपछि राम चरणले नयाँ निर्देशकसँग सहकार्य नगर्ने घोषणा गरेका छन् ।
उनका अभिनेता चिरञ्जीवीले पनि नयाँ निर्देशकको रिमेक फिल्ममा अभिनय नगर्न सुझाव दिएका छन् । यही सुझावलाई शिरोपर गर्दै राम चरणले नयाँ निर्देशकसँग काम नगर्ने निर्णय लिएका हुन् ।
राम चरण फिल्म ‘बाहुबली’ निर्माता तथा निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’मा जुनियर एनटीआर, आलिया भट्ट र अजय देवगनका साथ देखिँदैछन् ।
फिल्मको रिलिज मिति कोभिड महामारीका कारण सारिएको छ । फिल्म सन् २०२० को जुलाई ३० मा रिलिज हुने पूर्वनिर्धारित मिति भए पनि अब यो फिल्म सन् २०२१ को अक्टोबर १३ मा रिलिज गर्न सारिएको थियो । तर अब यो मितिबाट पनि फिल्म सन् २०२२ को जनवरीमा पुगेको छ । एजेन्सी
प्रतिक्रिया