अभिनेत्री निता ढुङ्गाना भन्छिन् – तीज संस्कृति हो तर संस्कार खोइ ?
चाडपर्वहरू मध्ये हरितालिका तीजलाई नेपाली महिलाहरूको महान् पर्वको रूपमा लिइन्छ । भाद्र शुक्ल तृतीया तिथिका दिन मनाइने तीज पर्वले महिलाहरूको धर्म र संस्कृति बोकेको छ । मेरो फिल्मसङको कुराकानीमा अभिनेत्री निता ढुङ्गानाले भनिन् – ‘तीज हाम्रो परम्परा देखी मनाउँदै र हामी रम्दै आएको संस्कृति हो ,र संस्कृति भित्र संस्कार पनि पर्छ भनेर हामीले बिर्सन भएन । भगवानको पालामा समेत पार्वतीले व्रत बसेर शिव पाइन । तीज भन्ने बित्तिकै रमाइलो गर्ने, साथी भाइहरु भेटघाट गर्ने माइती जाने परिवारसङको निकटतालाई अझै बढाउने दर खाने रङ्गिन चगिन कपडासङै मनलाई पनि रङ्गिन बनाउने दु :ख पिडा भुलाउनको लागी आफन्तसङ कुरा साटासाट गर्ने यही न त हो । तर अहिले भने तीज मनाउने तरिका अलि फरक छ । नयाँ तरिकाबाट तीज मनाउन थालिएको छ ।
अभिनेत्री ढुङ्गाना भन्छिन् -‘अहिले तीज मेरो विचारमा भन्नुपर्दा देखावटी भयो । आफ्नो अवस्था हेरेर मात्र हरेक पर्व मनाउनु राम्रो हो । अरूले लगाएको देखेर आफूले पनि त्यही चिज चाहेको र नपाउँदा सुसाईड समेत गरेको समाचारहरू हामीले पढ्ने गरेका छौँ यसैले अहिलेको तीजमा अलि भड्किलोपन पनि आएको छ । म पनि तीज सामान्य तरिकाले मनाउछु । दिदि हुनुहुन्छ दर खाने रमाइलो गर्ने ,हाम्रो परम्परा संस्कृति जोगाउने हामी आफैले नै हो यसैले आफ्नो स्तर हेररमात्र अपेक्षा राखौँ हिन्दुनारीहरुलाई हरितालिका तीजको शुभकामना ।”
प्रतिक्रिया