बुवाको मुख हेर्ने दिन,आमासँगको भावना,बुवा सँगको प्रेम
भाद्रकृष्ण औँसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइछ । सनातन वैदिक हिन्दु धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवससमेत भनिन्छ । भाद्र कृष्ण औँसीकै दिन वर्षभर देवकार्य, पितृकार्यलगायत धार्मिक कर्म गर्नका लागि आवश्यक पर्ने कुश उखेलिन्छ । आजका दिन वैदिक मन्त्रोच्चारणपूर्वक उखेलिएको कुश यो वर्ष सोमबारे औँसी परेकाले १२ वर्षसम्मका कर्ममा प्रयोग गर्न सकिने र अन्य वर्षको कुशे औँसीका दिन उखेलिएको कुश त्यो वर्ष मात्र प्रयोग गर्न सकिने शास्त्रमा उल्लेख छ ।
आजको दिन सबैजानले आफ्नो बुवालाई मिठाखानेकुरा खुवाएर सम्मान समेत गर्छन् । बुवाको मुख हेर्ने दिनमा केही कलाकारहरूले मेरो फिल्मसङ गरेको कुराकानी :
आमा बुवा बिना सबै अपूर्ण : कलाकार हरिवंश आर्चाय
आमा बुवाको आफनै आफनै भूमिका हुन्छ । आमा बुवा बिना केही कुरा पूर्ण छैन । आमा बुबा एकअर्कोको पूरक हुन् । आजको दिन मात्र नभई हरेक दिन बुवा आमाका लागी महोत्सव होस् । समय सँगै सबै कुरा परिवर्तन हुन्छन् । बुवा आमाले हामीलाई जे दिनु भयो हामीले आफ्नो सन्चानलाई त्यही दिएका छौ र भोलि पनि त्यही हामीले पाउने हो । मैले मेरो बुवालाई जुन व्यवहार गरे जस्तो सम्मान दिए मैले पनि मेरो सन्तानबाट पाउने त्यही नै हो । बुवा आमा भगवान् हुन् गुण गाएर सम्भव नै छैन अपरम्पार मायाको खानी हुन् सबैले सम्मान गरौँ ।
हरेक दिन विशेष बनोस् : कलाकार मिथिला शर्मा
आज बुवाको मुख हेर्ने दिन सबैको लागी खास हुन्छ । तर आजको दिनलाई मात्र विशेष बनाउने भन्ने हेतुले चाहीँ हामीले चार्ड मनाउने भन्ने मनसाय राख्न भएन । अहिले र पहिलेको अवस्था परिवर्तन छ । अहिले युवापुस्ताहरूको भावना व्यक्त गर्ने तरिका फरक छ किनकि माध्यम नै फरक छ पहिले भौतिक रूपमा उपस्थित भइन्थ्यो भने अहिले भिडियो कलको माध्यम बाट नै भावना साटासाट गरिन्छ । समय जस्तो भएपनि खास चाहीँ हुन्छ ।
आमा सँगै भावना हुन्छ, बुवा सँगै प्रेम : कलाकार दीपक राज गिरि
आज बुवाको मुख हेर्ने दिन मेरो लागी मात्र होइन हामी सबैको लागी महत्त्व बोकेको एउटा चार्ड हो यो । हुन त आज मात्र बुवाको सम्मान गरेर फोटोमा सजाएर बाँकी दिन चाहीँ अपमान गर्नेहरूको पनि कमी छैन तर पनि आजको दिन बुवाको लागी महत्तवपुण दिन भएर मैले पनि आफूले गर्दे आएको सम्मान र कर्तव्य पुरा गरे , बुवाको ऋण तिरेर सकिँदैन बुवा प्रतिको दायित्व र कर्तव्य तिर्नको लागी कहिले पनि सकिन्न उहाँहरूले दिनुभएको माया । ममता, शिक्षा, स्वास्थ्य लगायतका उहाँहरूको भारा हामीले तिर्न नै सक्दैनौ । आमासङ भावना हुन्छ तर बुवासङ प्रेम हुन्छ । भावनाले जिन्दगी चल्दैन । भनिन्छ नि बुवाको प्रेम र आमाको प्रेम फरक हुन्छ । बुवाको प्रेममा कठोरता हुन्छ त्यही कठोर प्रेमले नै उनीहरूका सन्तान सफलताको सिँढी चढ्न सफल हुने छन् । त्यसैले आज बुवाको मुख हेर्ने दिन भन्दा पनि सम्मान गर्ने दिन हो सदैव सम्मान गरौँ ।”
आजको दिनले बुवाको महत्त्व बुझाउँछ : कलाकार दीपा निरौला
दीपा श्री निरौला आजको दिन बुवाको महत्त्व बुझाउने दिन भएको बताउँछिन् उनी भन्छिन्- कतिपय छोराछोरीहरू आजको दिन फेसबुकमा फोटो राखेर बाँकी दिन बुवा आमालाई बृद्धआश्राम पुर्याउने पनि छन् र कति भने आजको दिनमा मिठो खाना दिएर बाँकी दिन भने बुवा आमालाई वास्ता नगर्नपनि छन् । यसैले जसले आफ्नो बुवाको उ प्रति खर्चिएको समय कर्तव्य , दायित्व नबुझेर आफ्ना पितालाई घृणा गर्छ त्यस्ता सन्तानको लागी भने आज पिताको महत्त्व बुझाउने दिन हो । उनले भनिन् मेरो बुवा पनि विराटनगरबाट आउनुभएको छ । आजको दिन उहाँसङै हुनेछु आजको लागी मात्र नभई बुवा मेरो लागी सदैव विशेष हुनुहुन्छ तर आज भने बुवाकै दिन भएको भएर निकै खुसी छु । ‘
बुवाको आवाज सुन्न मन छ :कलाकार जितु नेपाल
आजको दिन दुईवटा नामले चिन्न र बुझन सकिन्छ । धार्मिक रूपमा कुश सिउरिने चलन छ भने अर्को बुवाको मुख हेर्ने दिन । बुवा हुनेले बुवाको मुख हेर्ने दिन नहुनेले सम्झने दिन । भनिन्छ नि जे कुरा हामीसङ छ त्यो कुराको खासै महत्त्व हुँदैन तर हामीबाट त्यो गएपछि त्यसको अभाव भने खड्किरहनछ । आजको दिन भनेको मेरो लागी सम्झने दिन हो । बुवाको एक शब्द आवाज सुन्न पाएनी हुन्थ्यो भन्ने लाग्छ । यस्तै हो नहुनेले सम्झन्छ हुनेले वास्ता गर्दैनन् ।
मेरो लागी ३६५ दिननै खास : गायक शिव परियार
बुवाको मुख हेर्ने दिन मेरो लागी आज मात्र खास होइन म ३६५ दिन नै मेरो बुवाको पूजा गर्छु । आजको दिन विशेष बनाएर मात्र आफ्नो कर्तव्य पुरा हुने भने होइन तर चलिखाएको परम्परालाई हामीले मनाउनुपर्छ । माता पिताको सेवा गर्नु उहाँहरूको सुख शान्ति र समृद्धिको लागी आफ्नो जीवन समर्पण गर्न सक्नुपर्छ बुवाको निस्स्वार्थ मायाको बयान गर्न सकिन्न ।
आज याद आउने दिन : कलाकार विशाल पहारी
आज बुवाको मुख हेर्ने दिन हुनेले भन्दा पनि नहुनेले सम्झिने दिन हो जस्तो लाग्छ मेरो विचारमा । आफ्नो बुवासङ भेटघाट गरेर मनाए मैले पनि औशी तर मेरो लागी सधैँ नै औशी हो बुवाको माया साँच्चै नै निस्स्वार्थ हुन्छ । आफ्नो सन्तानप्रति उहाँहरू कतिसम्मको मोहित हुनुहुन्छ भन्ने कुरा मैले आफू बुवा बनेसी महसुस गरे । बुवालाई सम्मान गरौँ ।
प्रतिक्रिया