‘ग्रीन बर्ड’मा अभिनेत्री सुरक्षा पन्त

नेपाली कथानक चलचित्र ‘ग्रीन बर्ड’ निर्माणको घोषणा भएको छ । महिला प्रोटागोनिस्ट यो चलचित्रमा अभिनेत्री सुरक्षा पन्तले शिर्ष भूमिकामा रहेर अभिनय गर्नेछिन् । सुरक्षाका साथमा कमलमणी नेपाल र अफरान अलीको पनि चलचित्रमा शिर्ष भूमिका रहने छ ।

योङ स्टार सिनेमा र निर्वाणा फिल्म स्कुलले सयुक्त रुपमा निर्माण गर्न लागेको यो चलचित्र आगामी साता छायांकनमा जाने बताइएको छ । चितवनबाट छायांकन सुरु गर्ने चलचित्रको हाल कार्यशाला चलिरहेको छ ।

यो चलचित्र प्रमोद कँडेलले निर्देशन गर्दैछन् । प्रमोदको यो नै डेब्यु फिचर फिल्म हो । कात्तिक कर्नाटकले खिच्ने फिल्ममा मेथड एक्टिङको प्रक्रियालाई आत्मसात गरिने भएको छ ।