तीज अलि भड्किलो बन्यो : मिथिला शर्मा

चाडपर्वहरू मध्ये हरितालिका तीजलाई नेपाली महिलाहरूको महान् पर्वको रूपमा लिइन्छ । भाद्र शुक्ल तृतीया तिथिका दिन मनाइने तीज पर्वले महिलाहरूको धर्म र संस्कृति बोकेको छ । मेरो फिल्मसङको छोटोकुराकानीमा नायिका मिथिला शर्माले भनिन् – ‘तीजको विषयमा मेरो धारणा अलि फरक नै छ । तीज हाम्रो परम्परा संस्कृति हो । चलिआएको चार्ड हो र यसको महत्त्व पनि उत्तिकै छ । म चाहिँ तीज तिन दिनको मात्र भन्छु । यसलाई रोनक तामझाम भन्दा पन पारिवारिक तरिकाले मनाउनुपर्छ । पहिले तीजको गीतमा दृश्यका भाव हुन्थे माया , दु स् ख पिडाहरू झल्कन्थे तर अहिले भने उच्छृङ्खल खाले गीहरु गाउन थालेका छन् । मेरो विचारमा भन्नुपर्दा तीज भड्किलो बन्दै गएको छ । आमाबुवा भेट्ने माइती घर जाने दु:ख सु:ख सुस्ख कुराकानी गर्ने दिदिबहिनीहरु भेट्ने गीतमार्फत आफनो वेदनालाई प्रस्तुत गर्ने हो तर अहिले आधुनिकताको नाममा संस्कृतिलाई जोगाउन ग्राहो पर्छ जस्तो छ ।’

हामीले तीजको महत्त्वलाई जोगाई राख्ने हो भने तिन दिन तीज हुनुपर्छ । एक महिना देखी तीज मनाएर केही फाइदा छ र हुनेले पो खान्छन् नहुनेले के गर्ने ? मान्छेको मन नै हो देखासीखी गर्न मन लाग्छ हुनेहरूले खाएको र लाइको देखेर नहुनेको पनि त इच्छा चाहाना जाग्ला नि अनि  तीजको नाममा विकृति किन फैलाउने । यसैले हामीले सभ्य तरिकाले तीज मनाउनुपर्छ यसपाली मेरो चाहिँ तीज हुँदैन पुजाआज पनि नहुने भएर तर सबै नेपाली दिदीबहिनी आमाहरूलाई हरितालीका तीजको शुभकामना । “