यसपालीको मेरो तीज ‘म राजेश हमाल’को सेटमा : सन्चिता लुइटेल

 

चाडपर्वहरू मध्ये हरितालिका तीजलाई नेपाली महिलाहरूको महान् पर्वको रूपमा लिइन्छ । भाद्र शुक्ल तृतीया तिथिका दिन मनाइने तीज पर्वले महिलाहरूको धर्म र संस्कृति बोकेको छ । विवाह भइसकेका महिलाले आफ्ना पतिको सुख, समृद्धि र दीर्घायुका लागि र आफ्नो सौभाग्यका लागि पनि यो व्रत बस्छन्। त्यस्तै विवाह नभइसकेका महिलाले भने आफूले चिताए जस्तै राम्रो र असल पति पाइयोस् भन्ने उद्देश्यले यो व्रत बस्छन्। पछिल्लो समय तीजको विशेषता फेरिएको छ ।

मेरो फिल्मसङको छोटोकुराकानीमा नायिका सन्चिता लुइटेलले भनिन्- ‘तीज भनेको हामी हिन्दुनारीहरुको लागी एकदमै महत्त्वपूर्ण चार्ड हो । बनाईको संस्कृति र परम्परालाई जोगाउनको लागी हामीले मनाउने तीजले टाढा हुनु भएका आफन्त र साथीभाइसङ निकटता बढाउने एउटा महतपूर्ण माध्यम पनि हो । हामी तीजको दिन रङ्गिन सारी लगाउने, हातभरी चुरा लगाउने खुसी साटासाट गर्ने गर्छौ ।”

आफनो परिवारको नाममा खुसी , सुखी र दीर्घायुको कामना गर्दै व्रत बस्छौँ । तीज पर्व बिवाहित भएका नारीहरूको लागी झनै महत्त्वपूर्ण चार्ड हो जस्तो लाग्छ मलाई चाहिँ पहिलेको तीजको गीतहरू अर्के तरिकाको हुन्थ्यो तिन दिनको तीजमा छोरी माइत आउने छोरीले जन्म घर छोडेर गएदेखीको दुख सुख हासो रोदन माइतामा व्यक्त गरिन्थ्यो तर अहिले भनेको चाही अलिकति समय अनुसार चलेको भएर अर्कै खालको गीत आएका छन् । आधुनिक भइसक्यो । उनले थपिन–मलाई चाहिँ लामो तीज नै मन पर्छ खास गरी तीज त तिन दिन हो तर हप्ता दस दिनदेखी तिजको प्रोग्राम हुँदा परिवारको साथ , पेसाका साथीहरूको साथ अनि कलेजका साथीहरूसँग हुन्छ । त्यसैले तीजलाई लामो चार्ड बनाउनु चाहिँ एउटा खुसी साट्ने माध्यम पनि हो । मेरो हरेक तीजहरू खुसीमय बित्छ यसपालिको तीज भने म राजेश हमाल फिल्मको छायाँकानमा हुने भएर झनै रमाइलो होला जस्तो छ ।” मेरो तर्फबाट सम्पुर्ण हिन्दु नारीहरुलाई तीजको शुभकामना ।