अर्जुन बिज्लानी र स्मिता दाहालको हिन्दी गीत ‘इबादत’ मा रोमान्स (भिडियो सहित)

गायिका स्मिता दाहालले गाएको हिन्दी गीत सार्वजनिक भएको छ। ‘इबादत बन गए हो ‘ बोलको यो गीतको भिडिओ शुक्रबार भारतीय पप च्याटबस्टर्सको युट्युब च्यानलबाट सार्वजनिक भएको हो। नेपाली संगीत क्षेत्रमा छोटो समयमै आफूलाई कुशल गायिकाको रुपमा स्थापित गरेकी स्मिता दाहालले पहिलो पटक हिन्दी गीतमा आवाज दिएकी छन् । भारतको प्रतिष्ठित कम्पनी टि-सिरिजको ‘पप चार्टबस्टर्सु’ नामक यूट्युब च्यानलबाट शुक्रवार उनको आवाजमा रहेको हिन्दी गीत ‘इबादत बन गए हो’ सार्वजनिक भएको छ ।

गायनमा उनलाई ‘जलते दिए, हुँड हुँड दबंग, राधा नाचेगी’ जस्ता चर्चित गीतका गायक शबाब सबरीले साथ दिएका छन् । रोमान्टिक थिमको गीतमा गायक सबरी स्वयंको संगीत र केआर वाहीको शब्द रचना रहेको छ । गीतको भिडियोमा गायिका स्मिता आफैं फिचर्ड छिन् भने उनको जोडी भारतीय टेलिभिजनका चर्चित कलाकार अर्जुन बिज्लानीसँग बाँधिएको छ । गीतले उनीहरुको एकअर्काप्रति प्रेम, आशक्ति तथा समर्पण व्यक्त गर्छ । भिडियोमा यो जोडीको केमेस्ट्री निकै सुहाएको देखिन्छ ।

भिडियोलाई राजीव एस.रुयाले निर्देशन गरेका हुन् । उनले अहिलेसम्म २ सयभन्दा बढी भारतीय गीतको भिडियो निर्देशन गरिसकेका छन् । उनले ‘इबादत’ गीतको भिडियोलाई निकै आकर्षक बनाएका छन् । करीब ४ मिनेटको भिडियोमा मेकिङ उच्च देखिन्छ । गीतको भिडियोलाई पुनम यादवले निर्माण गरेकी हुन् । उनी नेपाली हुन् । गीतको भिडियोमा भारतको देहरादूनको मसुरी र उत्तराखण्डको ऋषिकेशको सुन्दरतालाई कैद गरिएको छ । जेस्टिन क्रियटिभ स्पार्कको ब्यानरमा बनेको भिडियोको कार्यकारी निर्मातामा सुप्रिया पुल पन्डियन छिन् ।