बलिउड कलाकार सिद्धार्थको निधनको खबरले बिग्रियो प्रेमिका शहनाजको स्वास्थ्य अवस्था

बिहिबार बलिउड कलाकार तथा ‘बीग बोस १३’का विजेता सिद्धार्थ शुक्लाको निधन भएको हो । उनलाई अस्पतालमा मृत अवस्थामा ल्याइएको बताइएको छ। उनी ४० वर्षका थिए। उनको अचानक निधन पछि, शोक सन्देश, साथीहरु, परिवार, सहकर्मीहरु र प्रशंसकहरुले उनलाई उनको अचानक निधन पछि, शोक सन्देश र साथीहरु, परिवार, सहकर्मीहरु र प्रशंसकहरुले श्रद्धांजलि व्यक्त गरेका छन् । उनको निधनले उनको परिवार, आफन्त, साथीभाई तथा फ्यानहरुलाई स्तब्ध बनाइदिएको छ । सिद्धार्थको निधनपछि उनकी प्रेमिका शहनाज गिलको अवस्था पनि विग्रिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । सिद्धार्थ र शहनाजको जोडी दर्शकमाझ ‘सिडनाज’ उपनामले परिचित थियो । सिद्धार्थको निधनको खबरसँग शहनाजको स्वास्थ्य अवस्था विग्रिएको मिडियाले जनाएका छन् । शहनाजले आफ्नो छायांकनको सम्पूर्ण सेड्यूल स्थगित गरेकी छिन् ।

उनले, आफ्ना पितासँग आफ्नो अवस्था ठिक नभएको जानकारी दिएकी थिइन् ।एक अनलाइन न्यूज पोर्टलसँग कुरा गर्दै शहनाजका पिता सन्तोष सिंहले शहनाजको अवस्था ठिक नभएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्–‘म अहिले नै कुनै कुरा गर्ने अवस्थामा छैन । जे भयो यसमा हामीलाई कुनै पनि विश्वास छैन । मैले शहनाजसँग कुरा गरेको थिएँ । उनी ठिक छैनन् । मेरो छोरा शहबाज शहनाजसँगै रहन मुम्बई प्रस्थान गरिसकेका छन् ।’ यस्तै, सिद्धार्थका नजिकका साथी अबू मलिकले शहनाजको स्वास्थ्य अवस्थालाई लिएर आफू चिन्तित भएको भारतीय मिडियासँग प्रतिक्रिया दिएका छन् । सिद्धार्थ र शहनाजले एक अर्कालाई निक्कै माया गर्ने गरेको अबूले बताएका छन् । शहनाजले सिद्धार्थसँग चाडै नै बिहे समेत गर्न चाहेको अबूले बताएका छन् ।