अब हिमालय टेलिभिजनबाट ‘गोलमाल’
पछिल्लो समय चर्चामा रहेको हाँस्य टेलिश्रृंखला ‘गोलमाल’ अब हिमालय टेलिभिजनमार्फत प्रसारणमा आउने भएको छ । विगत तीन वर्षदेखि नेपाल टेलिभिजनमार्फत प्रसारण हुँदै आएको यो लोकप्रिय हास्य श्रृंखला यही बुधवार अर्थात भदौ १६ गतेदेखि हिमालय टेलिभजिनबाट प्रसारणमा आउन लागेको हो ।
पछिल्लो समय चर्चामा रहेको हाँस्य कमेडी सिरियल ‘गोलमाल’ भदौ १६ गते बुधबारदेखि हिमालय टेलिभिजनबाट प्रशारण हुन थालेको छ । गोलमाल पछिल्लो समय युवापुस्तामाझ लोकप्रिय श्रृंखलाको रुपमा स्थापित भएको छ ।
समाजमा हुने गरेका विविध विषयलाई समेटेर दर्शक माझ सन्देशमूलक रुपमा प्रस्तुत हुने यो श्रृंखला नेपाल टेलिभिजनसँगको सम्झौता सकिएपश्चात हिमालय टेलिभिजनमा आउन लागेको निर्माता पर्शुराम रिजालले जानकारी दिएका छन् ।
निर्माता रिजालका अनुसार नेपाल टेलिभिजनबाट प्रसारण हुने श्रृंखलाको विषयमा टेलिभिजनले आफ्नो कार्यक्रमको रुपमा मुल्याकंन नगरेको, कार्यक्रम निर्माणको विषयमा निर्माता र सर्जकसँगको समस्यामा चासो नलिएको साथै विज्ञापन एजेन्सीको भरमा छोडेको कारण कार्यक्रम निर्माणमा असुविधा भएको भन्दै गुनासो व्यक्त गरेका छन् ।
नेत्र राउतको लेखन तथा निर्देशन रहेको यो सिरियलमा शिवहरी आचार्य, बिनोद राई९घ्याम्पे०, पवन खतिवडा ९म्याकुरी०, नविना सिलवाल ९खुईली०, दिवाकर घिमिरे, नवराज थापा, मुस्कान लामा लगायतका कलाकारको अभिनय छ । कार्यक्रमको निर्माण भाईब्स क्रियसन मार्फत भएको हो।
प्रतिक्रिया