हल खुले पनि चल्न दसैँसम्म लाग्छ : बोर्ड अध्यक्ष

कोभिडको कारणले छायाङ्कनमा जान तयार, बिचमै रोकिएका र प्रदर्शनका लागि ठिक पारिएका ८० फिल्मको अनुमानित १ अर्ब ५० करोड रकम ‘फ्रिज’ भएको छ । कोरोना भाइरसको कारण प्रदर्शनोन्मुख फिल्महरूमा ‘प्रेमगीत ३’, ‘म यस्तो गीत गाउँछु २’, ‘सम्हालिन्छ कहिले मन’, ‘सुस्केरा’, ‘चपली हाइट ३’, ‘लक्का–जवान’, ‘माइकल अधिकारी’, ‘चिसो एस्ट्रे’ लगायतका छन् । त्यस्तै, ‘२ नम्बरी’, ‘गुञ्जन’, ‘देशान’, ‘३ जन्तु’ लगायत झन्डै एक दर्जन फिल्मको छायाङ्कन अधुरै छ । ‘प्रेमपूजा’, ‘बेन्जो’, ‘नाइँ नभन्नु ल ६’, ‘छड्के २’ जस्ता चलचित्र छायाङ्कनमा जानै पाएनन् ।

कोभिडको कारणले बन्द भएको सिनेमा हल भोलिबाट सञ्चालनमा आउने भएको छ । कोरोना भाइरसको कारण विगत वर्षोदेखी बन्द भएको सिनेमा  हल खुल्ने भएका छन् । आज बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका सिडिओहरूको बैठकले कोरोना भाइरसबाट जोगिन स्वास्थ्य मापदण्डको पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिने निर्णय गरेको हो । फिल्म हल खुल्यो केही चलायमान बनाउनको लागी अझै चार पाँच महिना लाग्छ र सिनेमा हल खुलेको जानकारी पाउन साथ हल भोलिबाट खोल्ने निर्णय गरेको चलचित्र बोर्डका अध्यक्ष दयाराम दाहालले जानकारी दिएका छन् ।

मेरो फिल्मसङको कुराकानीमा उनले भने “सिनेमा हल खुल्यो भनेर त निर्णय आइसकेको छ अब केही समयमा नै बन्द भयो भन्ने चाहीँ सुन्न नपोस भन्ने छ । हामीले कोभिडको बेलामा आफनो सुरक्षाको मापदण्ड पनि अपनाउन पर्छ हामीले समिति सर्पोट सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्डको समन्वयनमा अगाडी बढ्ने छौँ । हलहरू मर्मत गर्नुछ हामी भोलिबाट नै काम सुरुगर्छौ । सबैकुरा तयार भइसकेपछि चलचित्र कसरी दिने भनेरपनि कुरा गर्दैछौ । हामीले यस क्षेत्रलाई बिस्तारै चलायमान बनाउँदै उपत्यका बाहिरका हलहरू पनि खुल्ने छ भन्ने आशा छ ।”

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर अब हल भोलि देखी नै खोल्ने चलचित्र महासघका महासचिव अशोक शर्माले जानकारी दिए । मेरो फिल्मसङको कुराकानीमा उनले भने सबै कुराको तयारी गर्दै जानुपर्छ अब विगत लामो समय देखी बन्द भएको हलहरू सर्भिससङ गर्नुपर्यो सरसफाइ गर्नुपर्यो भोलिबाट नै फिल्म चल्छ भन्ने होइन चार पाँच दिन लाग्छ । उपत्यकाको मात्र खुलेको छ अहिले बिस्तारै हामीले कसरी चलायमान बनाउन सकिन्छ भनेर निरन्तरता दिएउ भने पक्कै पनि उपत्यका बाहिरका हलहरुपनि खुल्ने छन् । दसैँसम्ममा सहज माहौल बन्छ कि भन्ने आशा छ ।