यसपालिको मेरो तीज राजनीतिमय हुन्छ : कोमल ओली
कोमल ओली नेपालका चर्चित गायिकाहरू मध्ये एक हुन् । कोमल ओलीले रेडियो नेपालमा समाचार वाचीकाको रूपमा पनि काम गरिसकेकी छिन् । उनी नेकपा एमालेकी राष्ट्रिय सभाकी सदस्य पनि हुन् । कुनै समय थियो कोमल ओलीको गीतले तीजको छुटै रोनक दिन्थ्यो तर राजनीतिमा सक्रिय भएसङै गीतसङ्गीत क्षेत्रमा भने उनी अहिले आझेल पर्न थालेकी छन् । उनले यो वर्ष होर धन्यवाद , फेरी पनि ल्याउनुपर्छ केपी ओलीलाई, लगायतका गीतहरू बजारमा आएका छन् । पछिल्लो समय राजनीतिमा आबद्ध भएको कारण आफूले लोक गीत क्षेत्रलाई प्राथमिकता दिन नसकेको कोमल ओली बताउँछिन् । मेरो फिल्मसङको कुराकानीमा उनले भनिन् “पाटीको कामले म दाङ जिल्लामा छु । म सानै देखी गीतगाउन मन पराउने भएको हुनाले मलाई यो क्षेत्रसङ अनौठो साइनो गाँसिएको छ जस्तो लाग्छ । यसपालिको तीजमा मैले मेरो दर्शकश्रोताहरुको लागी सोचेको जस्तो गीत दिन सकिन मेरो गीत ए हो धन्यवाद पशुपति शर्मा भाइसङको गीत आइसकेको छ आफनो कार्य व्यस्तताको कारणले गर्दा त्यो गीतमा मैले अभिनय गर्न सकिन मेरो दर्शकलाई विगत वर्षदेखी गीत प्रशस्त दिन नसक्दा म पनि सारै दुखी छु । तर अब आउने तीजमा भने दर्शकश्रोताहरुलाई निराश बनाउँदिन ।”
उनी पाटीको कामले गर्दा बाहिर छिन् त्यसैले गर्दा पनि उनको यसपालिको तीज भने उतै बित्ने छ । उनी भन्छिन् – मेरो लागी मात्र होइन सबै हिन्दुनारीहरुको लागी तीजपर्व विशेष छ । म अहिले टाढा छु तर पनि सामाजिक दुरी कायम गरेर विभिन्न कार्यक्रमहरूको आयोजना गरेका छौँ दिदिबहिनीहरुसंग रमाइलो गर्दै दर खाने गरेर तीज मनाउने हो ।
गायिका हुँदाको दर्शकको प्रतिक्रिया र राजनीतिमा आबद्ध भएपछिको प्रतिक्रियामा के फरक पाउनुभयो भन्ने प्रश्नमा उनले भनिन – “म गायिका हुँदा मैले गीतमार्फत दर्शकलाई मनोरञ्जन दिइरहे देशको लोक क्षेत्रको मौलिकतालाई जोगाउनको लागी गीतबाट नै सेवा गरे । मैले पत्रकारिता गरे पत्रकारीताबाट पनि समाजलाई मैले नयाँ नयाँ सूचना प्रदान गरिरहे । अहिले पनि राजनीतिमा लागेर देशको लागी सेवा गरिरहेको छु । हाम्रो देशको राजनीति राम्रो भएन जुन देशमा राजनीति राम्रो हुँदैन त्यहाँको देश नै राम्रो हुँदैन लोक क्षेत्रको लागी , फिल्म क्षेत्रको लागी , स्वास्थ्य ,शिक्षा, यातायात , खानेपानी राम्रो बजार सुखी नेपाली हुनको लागी देशको राजनीति राम्रो हुनुपर्छ । मेरो कलाकारिता क्षेत्र र समाज अनि देशलाई उज्यालो बनाउन म राजनीतिमा लागेको छु । उनले थपिन “म राजनीतिमा छु यसको मतलब यो होइन कि मैले मेरो गीतसङ्गीत क्षेत्रलाई बिर्से कतै न कतै रूपमा म जोडिरहेको छु । कोरोना भाइरसको कारणले गर्दा विगत वर्षदेखी तीजको माहोल अलि शून्य भएको छ । सुरक्षाको मापदण्ड पालना गर्दै विगतवर्षहरु जस्तै तीजलाई खास बनाउनुहोला शुभकामना ।” कोमल ओली राजनीतिमा आबद्ध भएर धार्मिक, संस्कृति र प्राकृतिक, शिक्षा स्वास्थ्य लगायत अन्य क्षेत्रमा विकास गर्नुपर्छ भन्दै आवज उठाउँदै आइरहेकी छन् ।
प्रतिक्रिया