गायिका ज्योति मगरको फरक रुप
लोक गीतहरुमा विभिन्न आलोचना भइरहने र दर्शकको नराम्रो कुरालाई सुनेर आफनो धार नछोडीकन आफनो कामलाई निरन्तरता दिने गायिका ज्योति मगरको गीतको स्वरुप संगै फरक गेटपमा समेत देखिएकी छन् । ज्योतीलाई यो अवतारकमा देखिनु दर्शको श्रोताको लागी भने नौलो कुरा हो । छोटा लुगामा देखिने ज्योती मगर सारी चोलीमा सजिदाँ दर्शकको आँखा भने त्यती नपरेको पनि देख्न सकिन्छ । ज्योती मगरको ‘माइतीको मयाँ बरिलै’ बोलको गीत आज ५ दिन पुगेको छ ।
आफ्नै शब्द, संगीत र लय मात्र होइन, गीतमा आफैले अभिनय गरेकी ज्योतिको यो गीतले महिलाहरुको पर्व भनेर परिचित तिजको खासोखास मर्म प्रकट गर्दछ। ‘माइतीको मयाँ बरिलै’ शीर्षकको यो गीतमा एउटा विवाहित चेली जो पर्वका बेला माइत जान असक्षम हुन्छे, को भावना अभिव्यक्त गरिएको छ। तीज लागेपछि उसले आफूलाई हुर्काएकी आमा सम्झन्छे। आमाको मायाको अतृप्त आभा प्रकट गर्छे। टाढा हुनुको विवशता र घरेलु बाध्यतामा छटपटिन्छे। ज्यातिले बनाएको भिडियो सामग्रीमा ज्योति आफैं एउटा विवश नारीको भूमिकामा उभिएकी छिन्। घाँस काट्दै कर्मशील भइरहँदा अरु कुनै पात्र माइत हिँडेको बेला भएको भेटको परिदृश्यबाट उनले आफ्नो व्यथा प्रकट गरेको यो गीत सामन्यतया परम्परागत तिजे मेलोडीमा आधारित छ।
ज्योतिको ‘माइतीको मया बरीलै’ लाई भिडियोमा उतार्न स्मृति तिमल्सिनाले निर्देशनको जिम्मा लिएकी छिन् भने अजय रेग्मीको भिडियोग्राफी छ। गीतलाई पदम सुवेदीले सम्पादन गरेका छन् भने गीतमा ज्योतिसँगै रितिका कुँवर, शेर बहादुर डाँगी क्षेत्री र गंगा मगरको अभिनय रहेको छ। एक लाख भन्दा बढीले भिडियो हेरेका छन् ।
प्रतिक्रिया