दृष्टिविहीन हिमानीको सफलता

स्मरण क्षमता भएपछि अपांगता भन्ने शब्दको विशेषण जोडिरहनै पर्दैन । जोकोही बन्न सक्छ उत्कृष्ट । भारतको आगराकी हिमानी बुन्देलाले आफ्नो सफलतालाई चुमेकी छिन् । हिमानी १५ वर्षकी हुँदा दुर्घटनामा परेर आँखा देख्न नसक्ने भइन् । केन्द्रीय विद्यालयमा शिक्षिकाको जागिर खाने हिमानी बुंदेलाले कौन बनेगा करोडपति (केबीसी) मा करोड जितेकी छन् । आर्थिक रुपमा सामान्य रहेको परिवारले हिमानीको आँखाका चारवटा शल्यक्रियाको खर्च उठायो तर उनको आँखाको ज्योति फर्किएन ।

तर हिमानीले हिम्मत हारिनन् । नयाँ ढङ्गले सुरुवात गरिन् र आफ्नो परिवारमा सरकारी जागिर खाने पहिलो व्यक्ति बनिन् । तर उनले हिम्मत हारिनन् । नयाँ शिराबाट जीवन अगाडि बढाइन् । सरकारी जागिर खान थालिन् । उनले केन्द्रीय विद्यालयमा शिक्षिकाको जागिर गरिन् ।