अरमान विरुद्ध गम्भीर आरोप लगाउने तयारीमा एनसीबी
मुम्बई- कलाकार अरमान कोहलीविरुद्ध अरु पनि गम्भिर आरोप लाग्ने, नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)का जनरल निर्देशक समीर वानखेन्डेले बताएका गरेका छन् । शनिबार अभिनेताको घरमा छापा मारेर लागुऔषध भेटाएपछि उनलाई आइतबार एनसीबीले पक्राउ गरेको हो । उनलाई शनिबार साँझ नै एनसीबीको कार्यालयमा बोलाएर घण्टौं सोधपुछ गरिएको थियो ।
तर, सोधपुछ र थप अनुसन्धानपछि उनीविरुद्ध लागुऔषध बाहेक अरु धेरै आरोपहरु भएकाले उनलाई सोमबार अदालतमा पेश गरिनेछ र यसबारे बहस हुनेछ । समीर वानखेन्डेका अनुसार एनसीबीले अरमानलाई थप हिरासतमा राखेर अनुसन्धान गर्न माग अदालतमा गर्ने सम्भावना प्रबल छ ।
यसअघि पनि अरमानलाई सन् २०१८ मा कानुन विपरित आफ्नै निवासमा ४१ बोटल स्कच ह्विस्कीका साथ पक्राउ गरिएको थियो । पछिल्लो वर्षदेखि एनसीबीले लागुऔषध विरुद्ध ‘जिरो टलरेन्स’ अभियान सुरु गरेको छ । जसमा सर्वसाधारणदेखि बलिउडका स्टार कलाकारहरु, श्रद्धा कपुर, दिपिका पादुकोण, रकुल प्रित सिंह, अर्जुन रामपाल, सारा अलि खानलगायत कलाकारसँग सोधपुछ गरिसकेको छ । एजेन्सी
प्रतिक्रिया