नेताहरुलाई म त मरेपनि भोट दिन्न : सुरक्षा पन्त

अहिले राजनितिक उथलपुथललाई लिएर कलाकारहरुले आफ्नो भनाई सामाजिक सञ्जालमा लेखिरहेका छन् । उनीहरु आ–आफ्नो भनाईमा कसैलाई गाली त कसैलाई तालीको विषय बनाइरहेका हुन्छन् । राजनितिक विषयमा बेला बेलामा ब्यङ्ग्यात्मक हिसाले कलाकार तथा निर्माता दीपकराज गिरीले आफ्ना भनाई राख्दै आएका छन् ।

यस्तो विषयमा खासै नबोल्ने अभिनेत्री सुरक्षा पन्तले आफ्नो भनाई आफ्ना शुभचिन्तकमाझ राखेकी छन् । उनले लेखेकी छन्,‘र ठुलो ठुलो ‘कु’ गर्ने अनि फोहोर व्यवस्थापन बारे ‘चु’ पनि नगर्ने नेताहरुलाई म त मरेपनि भोट दिन्न ।’
उनका भनाईलाई समर्थन गर्दै केहि कमेन्ट कर्ताले पनि नेतालाई भोट नदिने बताएका छन् ।