बिर्सन लायक राजेश हमालको म्युजिक भिडियो !

कोरोना भाइरसको कारण अहिले फिल्म क्षेत्र अस्तव्यस्त छन् । अधिकांश कलाकार अहिले म्युजिक भिडियोहरूमा देखिन थालेका छन् । ‘युगदेखि युगसम्म’ बाट डेब्यू गरेका हमालले नेपाली चलचित्रमा ‘एक युग’ नै राज गरे । पहिलो चलचित्रबाटै ‘स्टार’ भएपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपर्ने दिन भने आएन । सायद पछाडि फर्केर हेर्ने फुर्सद पनि भएन दर्शकको मायासङ सँगै कामको व्यस्तताले । उनको अधिकांश फिल्महरूको चर्चा निकै छ । लाखौँ करोडौँ दर्शकले मनपराएका छन् । लाखौँ दर्शकहरूको मनको ढुकढुकी र फिल्म क्षेत्रको छहारी महानायक राजेश हमाल पनि पछिल्लो समय म्युजिक भिडियोमा देखिएका छन् । विगत केही समय देखी  हल्का-हल्का लजाएर , वरको छायाले, आँखाको गाजल , मञ्जरी, यादका लहर लगायतका अन्य म्युजिक भिडियोहरूमा अभिनय गरिसकेको छन् । उनले अभिनयमात्र गरेका छैनन् हजार भन्दा बढी मोडलहरूलाई स्क्रिन सेयर गरी कलाकारिता क्षेत्रमा आफूलाई स्थापित गर्ने मौका समेत मिलाइ दिएका छन् । उनले धेरै कलाकारसमेत जन्माएका छन् ।

पछिल्लो समय म्युजिक भिडियोको राम्रो प्रतिक्रियाको कारण नै एक पछि अर्को भिडियो दिन सफल भएका छन् । उनले फिल्म क्षेत्रलाई दिएको योगदानको न त फिल्म क्षेत्रले बिर्सने छ न त दर्शकले । तर शुक्रवार अपलोड भएको ‘नाचन कान्छी’ म्युजिक भिडियोले भने अलिकति मन खिन्न बनाएको पो हो की !  लामो समयसम्म एउटै नजरले हेरेको राजेश हमाललाई यो म्युजिक भिडियो हरेर चाहीँ झसङ्ग हुने विषय बनेको छ । मेरो आफनो सोचाईले यो भिडियोमा देखिएका जुन दृश्य छ यो दृश्यले म जस्ता उनको फ्यानलाई भने पक्कै नराम्रो लाग्ने छ । म्युजिक भिडियो खलेको सुहाएन भन्ने तात्पर्यता भने हुँदै होइन तर मान प्रतिष्ठा, नाम र सम्मानले यो ठाउँमा पुग्नुभएको उहाँबाट यसरी यो भिडियोमा देखिनु अनौठो लागेको पनि हुन सक्छ ! समय अनुसारको गीतहरूको परिमार्जन गरिनुपर्छ, यसमा कुनै दुईमत छैन तर परिमार्जन कै नाममा यो दृश्यमा देखिनुहुनेछ भन्ने आशा थिएन नि महानायक ज्यु ?

म पनि तपाइको फयान हुँ मलाई तपाईँको हरेक म्युजिक भिडियो र चलचित्रले धेरै खुसी दिएको छ तर यो “नाचन कान्छी” म्युजिक भिडियोमा जुन दृश्यमा देखिनुभएको छ यसले सारै चित दुखेको छ , चित मेरो मात्र होइन तपाईँको शुभचिन्तकको पनि दुखेको छ ।”