सामाजिक संजालमा कमेडी च्याम्पियनका निर्णायकलाई गालीको ओइरो

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन– २’ को मञ्चमा अन्तिम ४ प्रतिस्पर्धी छन् । जसमध्ये भरतमणी पौडेल अन्तिम ३ मा पुगिसकेका छन् भने बाँकी ३ मध्ये २ जना दर्शकको भोटको आधारमा अगाडि बढ्नेछन् । रियालिटी सो ‘कमेडी च्याम्पियन’ सिजन २ का प्रतिस्पर्धीको फाइनलको नजिक तिर पुग्दै गर्दा चार प्रतियोगीहरूको प्रस्तुति च्यालेन्ज नै बनेको छ । कमेडी च्याम्पियनको टप ४ को प्रस्तुति सम्म आइपुग्दा भरतमणिको प्रस्तुतिले झनै च्याम्पियनको मञ्च नै तातेको छ । भरतमणि पौडेल शनिवार राति पूर्वयुवराज पारस शाहको गेटअपमा देखिएका थिए । उनको प्रोमो मात्र भाइरल बनेको छ ।

‘कमेडी च्याम्पियनका भरतमणिले शनिबारको प्रस्तुतीले फाइनलको संकेत देखाइसकेका छन् । टिभी रियालिटी शो कमेडी च्याम्पियनको दोस्रो सिजनका एक चर्चित प्रतियोगी हुन्, विक्की अग्रवाल । भारतको सिक्किमदेखि आएर प्रतिस्पर्धा गरिरहेका विक्की मौलिक र फरक प्रस्तुतिका लागि चिनिन्छन् । उनले हेरेक एपिसोडहरुमा फरक फरक कन्टेन दिदैँ दर्शकको मन जित्दै आएका छन् । उनले आफ्नो दिदैँ आएको फरक पनलाई हिजो प्रशारित अन्तिम ४ को प्रतिस्पर्धामा निरन्तरता दिए । हिजो बिक्कीले कमेडी च्याम्पियनको मञ्चमा नै पहिलोपटक ‘माइम एक्ट’ ट्राइ गरेका थिए । मानिस निदाएको बेला मन कसरी सक्रिय हुन्छ रु मानिसहरु निदाय पनि केके प्रतिक्रयाहरु गरिहन्छन् भन्ने विषयलाई लिएर उनले आफनो अभिनय पस्किए ।

विक्कीको प्रस्तुतिपछि प्रदिप भट्टराई, ऋचा शर्मा र मनोज गजुरेलले विक्कीको खुलेर प्रशंसा गरेका थिए । प्रतिस्पर्धाको अन्तिम क्षेणमा आएर पनि यस्तो प्रस्तुती दिदाँ आफुहरु समेत डराएको र कमेडी नभएपनि उत्तिकै उत्कृष्ट प्रस्तुति भएको बताए । तर निर्णायक सन्तोष पन्तले भने अलि छुट्टै कमेन्ट गरे । सन्तोष पन्तबाहेकका तीन जना निर्णायकले ‘स्टान्डिङ अभेसन’ दिएर तारिफ समेत गरे । पन्तले भनेका छन् तिमीले फरक प्रस्तुति  दिएउ, त्यसको लागि तिमीलाई धेरै बधाइ छ, ‘तर, तिमीले जे प्रस्तुती पस्केको छौ त्यसलाई अझ पनि हाम्रो नेपाली समाजले र दर्शकले बुझ्दैन । तिम्रो प्रस्तुति मैले त बुझिनँ । यो हँसाउने शो हो, तर तिम्रो प्रस्तुतिमा कोही हाँस्यो त रु विदेशीको हाँस्ने कमेडी र हाम्रो हास्ने कमेडी फरक हुन्छ । तिम्रो आफ्नै टेस्ट छ, त्यसलाई नै निरन्तरता देउ ।’

विक्की अग्रवाले अरु भन्दा फरक देखिए । विक्कीले फाइनलमा पुग्नका लागि जुन खालको प्रस्तुति दिए, त्यो आफैमा जोखिमपूर्ण थियो । सबै निर्णयकहरुको कुरा सुनिसकेपछि विक्कीले भनेका छन् , ‘मलाई थाहा छ, मलाई यसले फाइनलमा नपु¥याउन सक्छ,’ उनले फेरी थपे ‘यदि म आउट भएँ भने पनि मलाई जिरो पर्सेन्ट पनि पश्चाताप हुने छैन पेन्टोमाइम एक्ट गरेकोमा ।’ कमेडी च्याम्पियनको सेटमा म जित्न भन्दा पनि केही नयाँ गर्न आएको हुँ । शुक्रबार बेलुकीसम्म म स्ट्यान्डअप गर्ने कि पेन्टोमाइम गर्ने भन्ने थियो । विक्की बोल्ने क्रममा धेरै निरास भएका थिए उनको आँखामा प्रस्ट आशु देख्न सकिन्थो । उनले आफनो कुरा सक्काउने बित्तिकै प्रदिप भट्टराईले मैले केही थप्न चाहे भनेर फेरी बोलेका छन् उनले नेपाली क्रिकेटर पारस खड्काको उदाहरण दिँदै थिए विक्की अचानक मञ्चबाट बाहिरीए । उनी ब्याकस्टेजमा गएर रुन थालेपछि प्रोग्राम होस्ट र जजहरु गएर सम्हालेका थिए । विक्कीको प्रस्तुतीलाई लिएर सन्तोष पन्तले दिएको प्रतिक्रियाहरुलाइ केही दर्शकहरुले आलोचना समेत गरेका छन् । अहिले सामाजिक संजाल र टिकटिकमा युटुवमा पन्तलाई नराम्रो शब्द प्रयोग गरी गाली गर्नेको बर्षात हुन थालेको छ भने उता । विक्कीको प्रस्तुतीलाई समर्थन धेरैले गरेका छन् । कमेडी नभएपनि कलालाई बुझन पर्ने दर्शकहरुको विचार छ । यतीमात्र होइन ‘कमेडी च्याम्पियन सिजन– १’ बिजेता हिमेस पन्तले समेत कलाको सम्मान गर्नुपर्ने केही नयाँ गर्ने लाई प्रोत्साहान गर्नुपर्ने बताएका छन् ।