पारस शाहको क्यारिकेचर गरेर ‘कमेडी च्याम्पियनको माहोल तताए भरतमणिले , पुगे फाइनलमा 

रियालिटी सो ‘कमेडी च्याम्पियन’ सिजन २ का प्रतिस्पर्धीको फाइनलको नजिक तिर पुग्दै गर्दा चार प्रतियोगीहरूको प्रस्तुति च्यालेन्ज नै बनेको छ । कमेडी च्याम्पियनको टप ४ को प्रस्तुति सम्म आइपुग्दा भरतमणिको प्रस्तुतिले झनै च्याम्पियनको मञ्च नै तातेको छ ।  भरतमणि पौडेल शनिवार राति पूर्वयुवराज पारस शाहको गेटअपमा देखिए ।
पारसको गेटअपमा उनले जुन प्रस्तुति दिए त्यहाँबाट त झनै उनी दर्शकको मनमा बस्न सफल नै भएका छन् । उनको प्रस्तुतिको क्रममा नै हुटिङ चलिरहेको थियो त्यही माथि ‘रोल्पा बक्सियोस् कि मलाई रुकुम बक्सियोस् , ज्यानै चढाइ दिउँला सिरिफ हुकुम बक्सियोस्” गीतमा उनले जुन प्रकारको नृत्य देखाए त्यसले माहोल नै तताएको थियो ।
उनले प्रस्तुतिका क्रममा पारसको जस्तै हाउभाउ र गेटपमा आफ्नो व्यङ्ग पस्किए । सोही क्रममा उनले पारसको स्वभाव र बानीबेहोराका साथै वर्तमान राजनीतिक परिस्थितिप्रति पनि व्यङ्ग्य पस्किन भ्याए । यसअघि नै भरमणिको पारस लुक्सको ट्रेलर सार्वजनिक भएपछि चारैतिर चर्चा पाइरहेको थियो भने  ट्रेलर युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ । भरत मणिको यो प्रस्तुति पछि  योगेश भट्टराईले लेखेका छन् ।
आजको धमकेदार र बबाल प्रस्तुतिले अब निर्धक्क भन्न सकिन्छ ताप्लेजुङ ( पाथीभरा ) को शिरबाट उदाएका भरतमणि पौडेल एक पछि अर्को भूगोललाई छिचोल्दै आफ्नो प्रभावलाई राष्ट्रव्यापी बनाउन सफल भएका छन् । राम्रो अवसर पाए र आफैँले अझ मेहनत गरे भने उनको प्रतिभाले देशको सीमालाई छिचोल्ने छ । भरतमणि भाइ धेरै शुभकामना ।