‘प्रेमगन्ज’ को एउटै गितमा ३० लाख

 

२५ वर्ष देखि स्पोटब्वाइमा काम गर्दै आईरहेका राजु फुयाँलको प्रस्तुतिमा निर्माण भइरहेको फिल्म “प्रेमगन्ज” को एउटै गीतमा ३० लाख लगानी भएको छ । यो खर्च सुटिङको खर्च मात्र हो । अडियो र पोस्टको लगानी जोड्दा झन्डै ४० लाख पर्ने सम्भावना छ । कलरको काम इन्डियामा हुने भएकोले यो गीतमा मात्रै ४० लाख लगानी पुग्ने सम्भावना देखिएको हो । फरेनहाईट क्लबमा तीन दिन छायाङ्कन भएको यो गीतमा नायिका बेनिशा हमाल, सन्जोग रसाइली सँगै अन्य एकहजार जना झुमेका थिए । गीतको कोरियोग्राफी वाईल्डरिपर्ज ले गरेको हो । दीक्षा थापाको स्वरमा रहेको यो क्लब गितलाई उ जितेर गई या हारेर गई फेम्ड लेखक पुरुस्वत्तम ढुङ्गेलले लेखेका हुन भने किरण भुसालले सङ्गीत भरेका छन् ।

पहिलो लकडाउन पछि सुरु भएको फिल्मको छायाङ्कन दोस्रो लकडाउन सङै रोकिएको थियो । अहिले कडाउन केही लुज भए सँगै फिल्मको छायाङ्कन धमाधम भइरहेको छ । चलचित्रको सम्पूर्ण टिमलाई कोरोना खोपको सुविधा सहित होटेलमा राखिएको छ । चलचित्र युनिट सुरक्षित होस भनेरै सम्पूर्ण युनिटलाई एकै स्थानमा राखेर काम गरिएको हो ।

परिच्छेद सेनको लेखन तथा निर्देशनमा निर्माण भइरहेको फिल्मलाई सञ्जय लामाले छायाङ्कन गरिरहेका छन् भने फिल्मको कार्यकारी भूमिकामा अनन्तमान श्रेष्ठ छन् । प्रेमगन्ज चलचित्र चौतारीको ब्यानरमा निर्माण भइरहेको छ ।